,
E ने

शीघ्र स्खलन

लेखक: एन्जिला पाण्डे / २२/११/२०८०
work-single-image

के हामीले शीघ्र स्खलनलाई नियन्त्रण गर्न सक्छौँ ?

पुरुषहरूको यौन उत्तेजनाको बारेमा थाहा पाउनलाई दुई अवस्थाको बारेमा जानकारी हुनुपर्छ । उत्तेजनाको पहिलो चरणमा हुने स्थिति लिंग ठाडो हुने हो । त्यसको अर्थ पुरुषको बाहिरी यौन अंगको रूपमा रहेको लिंगका नसाहरूमा रगत भरिन्छ र यो ठडिन्छ र ठूलो बन्छ । अर्को चरणमा लिंगका मांशपेशीहरू संकुचित हुन्छन् र शुक्रकिट सहितको वीर्य लिंगको टुप्पोबाट बाहिर निष्कासित हुन्छ । यो कार्यलाई स्खलन भनिन्छ र एउटा यौन उत्तेजनामा वीर्यका पाँच छिर्काहरूसम्म स्खलन हुन्छ ।

यस लेखमा स्खलनको अवस्थाको बारेमा छलफल गरिएको छ । शीघ्र स्खलन भनेको चाँडो वीर्य स्खलन हुनु हो जुन लिंग योनिमा प्रवेश गरेको एकदेखि तीन मिनेटमा हुने स्खलन हो वा सम्बन्धित व्यक्ति स्खलन गर्न चाहना गर्नु अगाडि वा त्यसको लागि तयार भएको महसुस हुनु अगाडि भएको अवस्था हो ।

शीघ्र स्खलनको अनुभव हुने पुरुषहरूमा तनाव वा दिक्दारीको अनुभव हुन्छ जसले गर्दा उक्त व्यक्तिले कुनै किसिमका यौन सम्बन्धहरू नराख्ने चाहना राख्ने हुन सक्छ । यो अवस्था ३० देखि ४० प्रतिशत पुरुषहरूले आफ्नो जीवनको कुनै पनि विन्दुमा त्यस्तो अनुभव गरेका हुन्छन् र त्यस अवस्थालाई व्यवस्थापन गर्न सकिनेमा यो लेखले आश्वस्त पार्न खोजेको छ ।

शीघ्र स्खलनको अनुभव गरेको कुरा कसरी थाहा पाउने ?

कतिपय पुरुषहरूलाई आफूको शीघ्र स्खलन भएको जस्तो लाग्न सक्छ तर कुनै कुनै अवस्थामा हुनु एकदमै स्वाभाविक हो र शीघ्र स्खलनका लागि तोकिएका मापदण्डहरू पूरा हुँदैनन् । त्यो भएको हो भनी निदान गर्न तल दिइएका बुँदाहरू भएको हुनुपर्छ :

  1. लिंग कुनै यौन अंगभित्र पसेको तीन मिनेटभन्दा बढी समयसम्म स्खलनलाई रोक्न सकिन्न
  2. कुनै व्यक्तिले अनुभव गरेका ७५ प्रतिशत वा त्योभन्दा बढी स्खलनहरूमा माथिको बुँदामा उल्लिखिन स्थिति लागु हुन्छ ।

यदि त्यो अवस्था हस्तमैथुनको हकमा पनि भयो भने त्यसलाई पनि लिंगलाई कुनै यौन अंगभित्र पसाएको जस्तै किसिमले हेरिन्छ । यस्तो अवस्था पहिलो यौन सम्पर्कदेखि जीवनभर रहन पनि सक्छ वा सामान्य स्खलनको अवधिपछि त्यस्तो अवस्था देखिन पनि सक्छ ।

यसको कारक के होला ?

यसको कारकका रूपमा भावनात्मक/मनोवैज्ञानिक तथा जैविक पक्षहरूको सम्मिश्रणले भूमिका खेलेको हुन्छ । भावनात्मक पक्षहरूमा तल दिइएका कारणहरू हुन सक्छन्:

  • अवसाद तथा तनाव
  • गल्तीको अनुभूति
  • नकारात्मक वा आघात परेको यौन सम्पर्कहरूको इतिहास
  • यौन सम्पर्कबाट अस्वाभाविक अपेक्षाहरू
  • सम्बन्धहरूमा समस्याहरू

जैविक पक्षहरूमा तल दिइएका कारणहरू हुन सक्छन्:

  • हर्मोनको स्तरमा असन्तुलन
  • आफ्ना पूर्खाहरूबाट प्राप्त आनुवंशिक गुणहरू
  • पुरुष ग्रन्थी वा वीर्यनलीमा हुने संक्रमण

आफू वा आफ्ना प्रिय व्यक्तिहरू शीघ्र स्खलनको समस्याबाट पीडित भएको आशंका लागेका के गर्नुपर्छ ?  

सबभन्दा महत्त्वपूर्ण कदम भनेको यस अवस्था धेरै नै हुन्छ र त्यसको व्यवस्थापन गर्न सकिन्छ तर त्यसका लागि निरन्तरता तथा धीरताको आवश्यकता हुन्छ । यदि आफू लामो समयदेखि यौन सम्पर्क गर्ने व्यक्तिसँग बसिरहेको भए उनलाई लिएर चिकित्सककोमा जाँदा राम्रो हुन्छ । चिकित्सकले सोधेका प्रश्नहरूका सही जबाफ दिनुहोस् र स्वस्थ जीवन जिउने तरिका अपनाई सुधार ल्याउन प्रतिबद्ध हुनुहोस् । बानीहरूमा सुधार तथा परामर्शले ९० प्रतिशत व्यक्तिहरू निको हुन्छन् । यस अवस्थाको कुनै जैविक कारणहरू हुन् कि हैनन् भन्ने यकिन गर्न केही परिक्षणहरू गर्नुपर्ने हुन सक्छ वा व्यवस्थापनका लागि औषधीहरू खानुपर्ने हुन सक्छ ।

स्रोत सामग्रीहरू: 

Penile Erection: Function, Duration & How It Works

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र