,
E ने

यौनरोग/संक्रमण र त्यसको परीक्षण गर्ने विधि

लेखक: एन्जिला पाण्डे / २२/११/२०८०
work-single-image

कुनै व्यक्तिले यौन सम्पर्क गर्न सुरू गरेपछि यौन संक्रमणहरूबाट आफूलाई जोगाउनु एकदमै महत्त्वपूर्ण हुन्छ । ती संक्रमणहरूको भैरहनु र त्यसका लक्षणहरू देखिनुले रोग लाग्ने अवस्थासम्म पुगिन्छ । यौन संक्रमण लिंग योनिमा छिर्दा मात्रै हुने आम बुझाइ यस रोगको बारेमा रहेको एउटा भ्रम हो । तर पुरुषको लिंग र महिलाको योनिमा मुखमा गरिने यौन क्रिया, गुदद्वारमा गरिने यौन क्रिया वा औँलाले चलाउने जस्ता जुनसुकै विधिबाट संक्रमित रसहरू परेमा संक्रमण हुन सक्छ ।

आँखाले देख्न नसकिने सुक्ष्म जीवाणुहरूको संक्रमण गराउने भएकाले उनीहरूको प्रकार अनुसार यौनरोग पनि फरक फरक हुन्छन् । प्रतिजैविक औषधीहरूको प्रयोगबाट निको पार्न सकिने रोगहरूमा गोनोरिया, क्ल्यामाइडिया, सिफिलिस तथा अन्य कम मात्रामा संक्रमण गर्ने रोगहरू पर्छन् । यी संक्रमणहरूमा प्राय: देखिने लक्षणहरू तल दिइएका छन् : 

महिलाहरूको हकमा 

क) बाहिरी यौन अंगको वरिपरि चिलाउने 

ख) गनाउने, हरियो वा पहेँलो रंग बिग्रिएको पानी निरन्तर रूपमा योनिबाट आउँछ 

ग) मुख वा यौन अंगको वरिपरि छालामा प्वाल पर्ने 

घ) कष्टपूर्ण यौन सम्पर्क 

ङ) कहिलेकाहीँ छाला रातो हुने वा सुन्निने 

च) पिसाब फेर्दा कष्टपूर्ण हुने तथा बारम्बार फेर्नुपर्ने 

 

पुरुषहरूको हकमा 

क) लक्षण नभएको 

ख) पिसबा फेर्दा कष्ट हुने 

ग) लिंगको टुप्पोबाट पिपजस्तो पहेँलो वा हरियो पदार्थ बाहिर आउने 

घ) लिंग वा त्यसको वरिपरि बाहिर निस्किएको छालामा दुखाइ हुने 

ङ) भित्री तिघ्राको वरिपरि दुख्ने गरी सुन्निने 


यदि तपाईंले विना कण्डोम यौन सम्पर्क गर्नुभएपछि यी लक्षणहरू देखिएमा पहिलो काम नै चिकित्सककहाँ गई परामर्श लिनु हुन्छ । नेपालका अधिकांश स्वास्थ्य केन्द्रहरूमा लक्षणहरूको आधारमा उपचार गर्ने विधिलाई प्रयोग गरी यौनरोगको उपचार गरिन्छ । यदि तपाईंको चिकित्सकले तपाईंले असुरक्षित यौन सम्पर्क गरेपछ माथि उल्लिखित लक्षणहरूमध्ये विभिन्न लक्षणहरू पाएमा र तपाईंले यौन सम्पर्क राखेको व्यक्तिमा पनि त्यस्तै लक्षणहरू देखेमा ती लक्षणहरूका कारक सूक्ष्म जीवाणुहरूलाई लक्षित प्रतिजैविक औषधीहरू सिफारिस गर्छन् । सिफारिस गरिएका औषधीहरू भने बमोजिम पूरा मात्रा सेवन गरे मात्रै ती रोगहरूको उपचार सम्भव हुन्छ । यस्ता रोगहरू पुन: लाग्न नदिन सबै यौन क्रियाकलापहरूमा कण्डमको प्रयोग गर्नुपर्छ र यौन सम्पर्क राख्ने संक्रमित व्यक्तिसँग गुदद्वार र मुखमा गरिने यौन क्रियाकलापमा सहभागी हुनुहुन्न । 

 

कतिपय यौन रोगहरूबाट एकपटक संक्रमण भएपछि बारम्बार संक्रमित भइन्छ र शरीरबाट पूर्णरूपमा हट्दैनन् । त्यसमा हर्पिज, हेपाटाइटिस, यौन अंगमा छालाको अनावश्यक विकास, एचआईभी/एड्स । तर ती रोगहरूको जब निदान हुन्छ र औषधीहरूको प्रयोग गर्न थालिन्छ, आफ्नो जीवनलाई सहज बनाउन सकिन्छ र अन्यमा संक्रमण गर्ने स्थितिको रोकथाम हुन्छ । एचआईभीहेपाटाइटिसको परीक्षण रगतको नमूना लिएर गरिन्छ र प्राय: सबै जिल्ला अस्पतालहरूमा पाइन्छ । हर्पिज र यौन अंगमा हुने छालाको अनावश्यक विकासको उपचार गर्न छाला रोग विशेषज्ञ वा सामान्य रोगहरूको उपचार गर्ने चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।


यौन अंगमा संक्रमण भएको शंका लागेमा आफूले गर्नुपर्ने सबभन्दा महत्त्वपूर्ण काम भनेको शान्त रहनु हो । तपाईं उपचारको चरणमा हुनुहुन्छ र आफूलाई केही नराम्रो भएको छ भन्ने स्वीकार गर्नु पहिलो चरण हो । आफ्नो चिकित्सककोमा जानुहोस्, आफ्नो यौन सम्पर्क गर्ने व्यक्तिलाई पनि परीक्षण तथा उपचार गर्न लैजानुहोस् । प्रारम्भिक उपचारपछि सधैँ सुरक्षित यौन सम्पर्क गर्न नबिर्सनुहोस् । यदि तपाईंसँग यौन सम्पर्क गर्ने व्यक्तिले त्यसो गर्न नमानेमा निजसँग यौन सम्पर्क नगर्नुहोस् ।  


लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र