,
E ने

काठमाडौँका यौनिक तथा प्रजनन स्वास्थ अधिकार (एसआरएचआर) सेवा

लेखक: एन्जिला पाण्डे / २२/११/२०८०
work-single-image

यौनिक स्वास्थ्य भनेको यौनिक व्यवहारसँग सम्बन्धित रोग, संक्रमण वा बिरामी नहुने लगायतका व्यक्तिगत सुस्वास्थ्यको अवस्था हो । प्रजनन स्वास्थ्य भनेको प्रजनन प्रणाली, तथा यसका कार्य तथा प्रक्रियासँग सम्बन्धित सबै विषयहरुमा रोग वा कमजोरीको अभाव हुनुका अलावा पूर्ण रूपले शारीरिक, मानसिक, बौद्बिक वा समाजिक सुस्वास्थ्यको स्थिति समेत हो । एसआरएचआर भनेको यौनिक तथा प्रजनन स्वास्थ्य अधिकारको अंग्रेजीको छोटकरी रूप हो र दोस्रो चरणको नारीवादको सुरुवात गर्न यी शब्दावलीहरू धेरै नै प्रचलनमा आएका छन् । हाम्रो जस्तो विकासशील देशमा यौनिक तथा प्रजनन स्वास्थ्यमा देखिने समस्याले प्रजनन उमेरका महिला तथा किशोरीहरू, एलजीबीटीक्यूआईए+ समुदाय, अपाङ्गता भएका व्यक्तिहरू तथा विभिन्न जात तथा क्षेत्रका पिछडिएका समुदायहरू लगायतले स्वास्थ जीवन जिउने बाटोमा मुख्य अवरोधक भएर बसेका छन् । यी समूहहरू यौन रोगहरू, एचआईभी/एड्स, अनिच्छित गर्भहरू, असुरक्षित गर्भपतनसँग सम्बन्धित जटिलताहरू, लैंगिक हिंसाहरू, गर्भ रहँदा तथा बच्चा जन्मिँदाको बखतमा हुने जटिलताहरू जस्ता सम्स्याहरूबाट पीडित हुनुपरेको छ । किशोरी तथा स्कूल जाने उमेरका बालिकाहरुका लागि यी विषयहरूको सामना गर्नु तथा आफ्नो जीवन जिउनुको भारीले गर्दा उनीहरू राम्रवसँग स्कूल जान सक्दैनन् र राम्रो औपचारिक शिक्षा पनि लिन सक्दैनन् । यी विषयहरू प्रजनन उमेर कटेपछि नसकिने भएकाले सबै व्यक्तिहरूलाई जीवनभरिको लागि चासोका विषयहरू हुन् । त्यसैले यस विषयलाई सम्बोधन गर्न जीवन चक्रको तरिकाको प्रयोग गरी यातायात, शिक्षा तथा स्वास्थ्य सेवा जस्ता आधारभूत विषयहरूबाट सुरू गर्नुपर्छ । 

 

यौन तथा प्रजनन स्वास्थ्यमा संलग्न सेवाहरूलाई चार भागमा बाँड्न सकिन्छ: 

 

१. गर्भाधान

२. बच्चा जन्मनुपूर्वको हेरचाह 

३. बच्चा जन्माउने 

४. बच्चा जन्मिसकेपछिको अवस्था 

 

गर्भाधान पूर्वको हेरचाह गर्ने भनेको गर्भाधान हुन्छ कि भन्ने अपेक्षामा हेरचाह गर्ने होइन । यस्तो हेरचाहमा अनिच्छित गर्भाधान रोक्ने, यौन रोग तथा एचआईभी लाग्न नदिने तथा कण्डको प्रयोग प्रवर्द्बन गर्ने पर्छन् । यसमा पुरुष ग्रन्थी, स्तन तथा पाठेघरको मुखको क्यान्सरलाई परीक्षणको प्रयोग गरी हुन नदिन विशेष ध्यान दिइन्छ । यसमा गर्भपतनपछिको हेरचाह तथा एतआईभी तथा यौनरोगहरूको बारेमा परामर्श दिने, यौनिक तथा प्रजनन स्वास्थ्यको बारेमा सञ्चार गर्नु पनि पर्दछन् । कुनै व्यक्तिले गर्भाधारणलाई निरन्तरता दिने निर्णय गरेपछि निजलाई दिइने सेवालाई नै बच्चा जन्मनुपूर्वको हेरचाह भनिन्छ । त्यसमा चिकित्सकीय हिसाबले पुरुषहरूको लिंगको टुप्पाको छाला फाल्ने बारेमा प्रवर्द्धन, यौन रोगहरूको उपचार, बच्चा जन्मनुपूर्वको पोषण तथा त्यसमा थप गर्ने, खोपहरू लगाउने तथा नियमित परीक्षण गर्ने  आदि पर्दछन् । बच्चा जन्मदा गरिने हेरचाहमा तालिमप्राप्त स्वास्थ्यकर्मीको सुपरिवेक्षणमा बच्चा जन्माउने, तथा संशोधित बच्चा जन्माउने विधि मार्फत बच्चा जन्माउने पर्दछन् । बच्चा जन्मिसकेपछिको हेरचाहमा बच्चा जन्माइसकेपछिकव हेरचाह, नियमित यौनरोग तथा एचआईभी परीक्षण गर्ने, परिवार नियोजनका साधनहरूको प्रयोगको प्रवर्द्बन गर्ने, चिकित्सकीय सेवाका लागि परीक्षण गर्ने सेवाहरू लिने आदि पर्दछन् । 

 

काठमाडौँमा के र कहाँ यी सेवाहरू पाइन्छन् भन्ने प्रश्न आयो । यदि तपाईं काठमाडौँमा बस्नुहुन्छ भने देशमा पाइने उत्कृष्ट स्वास्थ्य केन्द्रहरूबाट सेवा पाउनुहुन्छ र त्यसमा तपाईं भाग्यमानी हुनुहुन्छ तर त्यो सेवाको लागि रकम तिर्न सक्नुहुन्छ कि हुन्न भन्ने अर्को प्रश्न जीवितै रहन्छ । यौनिक तथा प्रजनन स्वास्थ्यको बारेमाा प्रवर्द्धन गर्दै गर्दा सेवा खोज्ने व्यक्तिहरूलाई सुलभ तथा मैत्रीपूर्ण सेवा केन्द्रहरूतिर सिफारिस गर्नु महत्त्वपूर्ण हुन्छ । स्वास्थ्य तथा प्रजनन स्वतन्त्रताको अधिकार मौलिक अधिकार हो र ती अधिकारहरूको अनुभूति गर्न कहाँ जान सकिन्छ भन्नेमा तपाईं जानकार हुनुपर्छ । 

 

माथि उल्लिखित सबै सेवाहरू नि:शुल्क वा सुलभ मूल्यमा पाइने सरकारी वा अर्ध सहकारी संस्थाहरूमा थापाथलीमा रहेको प्रसुति अस्पताल, महारजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, तथा लगनखेलको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्दछन् । यी केन्द्रहरू एकदमै व्यस्त रहने भएकाले सेवा प्रवाहले मागलाई धान्न नसक्न पनि सक्छन् । एमएसआई नेपालका पनि काठमाडौँ उपत्यकामा सातदोबाटो, बालुवाटार, बौद्ध, गोंगबु तथा पुतलीसडकमा केन्द्रहरू रहेका छन् । मेरी स्टोप्स नेपालले प्रदान गर्ने सेवाहरूको बारेमा अर्को लेखमा उल्लेख गरिएको छ र ती सेवाहरू नि: शुल्क भने होइनन् । त्यहाँ प्रदान गरिने सेवाहरू चाँडै उपलब्ध गराइन्छ र गर्भ अगाडि तथा पछाडिका सेवाहरूको बारेमा उपभोक्ता मैत्री परामर्श पनि दिइन्छ । नेपाल परिवार नियोजन संघले पनि परिवार नियोजनका साधनहरू नि:शुल्क रूपमा उपलब्ध गराउँछ । 

 

काठमाडौँमा अन्य स्वास्थ्य सेवाहरू पनि प्रशस्त भएकाले कम ध्यान पुग्ने सेवाहरूमा प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य केन्द्रहरू हुन् जुन जिल्लाका हरेक नगरपालिकामा रहेका छन् । यी केन्द्रहरूमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले सेवा दिन्छन् र उनीहरूले दिने अधिकांश सेवाहरू कि त नि:शुल्क हुन्छन् या त राष्ट्रिय स्वास्थ्य बिमा योजनाबाट सुविधा पाउने खालका हुन्छन् । आफ्नो भक्तपुरको शाखामा नेपाल परिवार नियोजन संघले एलजीबीटीक्यूआईए+ मैत्री क्लिनिकको नमूना परीक्षण भैरहेको छ । ,

 

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र