सेक्स टोयको दुनियाँमा प्रवेश गर्नु कठिनपूर्ण हुन सक्छ । छनौटका लागि सयौँ विकल्प र तीमध्ये धेरैजसो सेक्स टोय प्रयोग गर्न डरलाग्दो वा जटिल जस्तो लाग्ने आदिका कारण यी यौन चाहना पूर्तिका लागि यी विदेशी वस्तु प्रयोग गर्न तपाईंलाई हिचकिचाहट छ भनेर बुझ्न सकिन्छ ।
तर सेक्स टोयको संसार पनि आकर्षक छ । वयस्क व्यक्तिका रूपमा हामी आफ्ना चञ्चल जिज्ञासाबाट बाहिर जानु पर्दैन । सेक्स टोयले हामीलाई आफ्नो शरीर अन्वेषण गर्न र यसअघि कहिल्यै अनुभव नगरेको आनन्द लिन मद्दत गदैछ ।
यहाँ बजारमा उपलब्ध विभिन्न प्रकारका सेक्स टोय सम्बन्धी एउटा संक्षित मार्गदर्शन प्रस्तुत गरिएको छ ।
भाइब्रेटर
भाइ्रटरले कम्पन सिर्जना गरी यौन आनन्द प्रदान गर्दछ । यसलाई शरीरका विभिन्न भागमा प्रयोग गर्न सकिने भएपनि भङ्गाकुरमा प्रयोग गर्दा सबैभन्दा बढी आनन्द प्राप्त हुन्छ । तिनीहरू साना बुलेट ९गोली आकारको०, ठूला वान्ड ९लौरो आकारको० र सक्शन ९चाट्ने फिचर० का रूपमा उपलब्ध हुन्छन् । भाइब्रेटर यौनिक रूपमा परिपक्क भएका नवयुवतिका लागि उत्कृष्ट सेक्स टोय हो । आफ्ना पार्टनरसँगै र रिमोट कन्ट्रोल मार्फत प्रयोग गर्न सकिने भाइब्रेटर पनि पाइन्छन् । धेरैजसो भाइब्रेटरलाई आफ्नो इच्छाअनुसार फरक–फरक गति र आवृत्तिमा प्रयोग गर्न सकिन्छ । यिनीहरू ब्याट्रीबाट चल्ने वा रिचार्ज गर्न सकिने हुन्छन् ।
डिल्डो
वास्तविक लिंगजस्तै देखिने सेक्स टोयलाई डिल्डो भनिन्छ , जसन योनि वा मलद्वारमा पसाएर यौन आनन्द प्राप्त गरिन्छ । डिल्डो विभिन्न आकार ९साइज० र विद्युतीय स्वरूपमा उपलब्ध छन् । विद्युतीय डिल्डोको बटन दबाएपछि कम्पन वा थरथराहट पैदा हुन्छ । भाइब्रेटर र डिल्डोलाई संयोजन गरिएको सेक्स टोय पनि पाइन्छ । जस्तैः ¥याबिट । यसको एउटा भाग योनिभित्र पसाइन्छ भने अर्को भागले एकसाथ भङ्गाकुरमा घर्षण पैदा गर्दछ । दुखाइ कम गर्न र अधिकतम आनन्द लिन डिल्लो चलाउँदा पर्याप्त लुब्रिकेन्ट, चिल्लो पदार्थ, को प्रयोग गर्नु जरुरी हुन्छ ।
एनल टोय
धेरै व्यक्तिले मलद्वारबाट समेत यौन आनन्द लिने गरेका छन् र यो एउटा संवेदनशील अंग पनि हो । मलद्वारमा पसाएर यौन उत्तेजना पैदा गर्ने विभिन्न प्रकारका टोय उपलब्ध छन् । यिनीहरूमा एनल बिड्स, बट प्लग्स र एनल डिल्डो आदि पर्दछन् । एनल डिल्लो विभिन्न आकारमा सिसा, सिलिकन र खिया नलाग्ने स्टिलबाट बनाइएका हुन्छन् । यसको प्रयोग गर्दा पर्याप्त मात्रामा लुब्रिकेन्ट ९चिल्लो पदार्थ० आवश्यक पर्नुका साथै यसको सरसफाइ, धोइपखाली मा समेत उत्तिक ध्यान दिनु जरुरी हुन्छ ।
पार्टनरसँग प्रयोग गर्ने सेक्स टोय
एकल प्रयोगका लागि मात्रै नभई पार्टनर (जोडी) को साथमा प्रयोग गर्ने खालका सेक्स टोय पनि उपलक्ध छन् । उक्त सेक्स टोय विपरितलिंगी र समलिंगी दुवैका लागि प्रभावकारी हुन्छ । यस प्रकारका सेक्स टोयमा स्ट्र्याप–अन (शरीरमा फिट गर्ने) डिल्लो, डलब–इन्डेड (दुइमुखे) डिल्लो, कपल भाइब्रेटर र रिमोट–कन्ट्रोल्ड भाइब्रेटर पर्दछन् ।
विविध सहायक सामग्री (एसेसरिज)
यौन उत्तेजना बढाइन आनन्द प्राप्त गर्न अन्य विभिन्न प्रकारका सहायक सामग्री पनि प्रयोग गरिन्छ । आफ्नो शरीरको कुन् अंग चलाउन आफूलाई मन पर्छ सोही अनुरूप त्यसलाई प्रयोगमा ल्याई कामुक बन्न सकिन्छ । जस्तैः ब्लाइन्डफोल्ड ९आँखामा छोप्न प्रयोग गर्ने गरिने नकाब लगायतका वस्तु०, प्वाँख, हतकडी, र कपडा आदि । कामुकताको अनुभवका लागि तपाईंले सिल्की भित्री बस्त्र ९लिङ्गेरी०, चकलेट, डेजर्ट ९केक, आइसक्रिम जस्ता व्यञ्जन० र मादकता प्राप्त हुने चिज जस्तैः वास्नादार मैनबत्ती र अत्तर सुँघेर आनन्द लिन सक्नुहुन्छ ।
तत्कालिक (कामचलाउ) वस्तु
साँच्चै भन्ने हो भने माथि उल्लेख गरेका धेरैजसो साधन नेपालमा सहजै उपलब्ध हुँदैनन् । यदि तपाईं यौन आनन्द प्राप्तिका लागि घरायसी सामग्रीलाई तत्कालिक ९कमचलाउन० वस्तुका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भने त्यसको पूर्ण सरसफाइमा विशेष ध्यान दिनुहोस् । संवेदनशील अंगमा चोटपटक लाग्न सक्ने सिसाजन्य लगायतका वस्तु प्रयोग नगर्नुहोस् । पानीको फोहोरा÷धारा, दाँत माझ्ने ब्रस, बरफको टुक्रा, सफा फल वा तरकारी आदि प्रयोग गर्नु राम्रो र सुरक्षित हुन्छ ।
ध्यान दिनुपर्ने विषय
सेक्स टोयसँग विस्तारै अभ्यस्त हुँदै जानुहोस् । सेक्स टोयलाई योनिभित्र जबर्जस्ती पसाउन धेरै बल नगर्नुहोस् । आफूले सहन र आनन्द लिन सक्नेजति मात्र पसाउनुहोस् । गुणस्तरीय लुब्रिकेन्ट ९चिल्लो पदार्थ० खरिद गरी पर्याप्त मात्रामा प्रयोग गर्नुहोस् । उपयुक्त लुब्रिकेन्टको पहुँच छैन भने बच्चालाई मसाज गर्ने तेल तथा नरिवलको तेल राम्रो विकल्प हुन सक्छन् ।
यौन पार्टनरसँग मिलेर सेक्स टोय प्रयोग गर्दा एकअर्कालाई के गर्दा आनन्द आउँछ र के गरेको मन पर्दैन भन्ने बारेमा आपसमा कुराकानी गर्नुहोस् । तपाईंको पार्टनरले आफ्नो यौनिक सीमालाई सम्मान गरेको सुनिश्चित गर्नुहोस् । धेरै व्यक्तिले आफ्नो पार्टनरसँग सेक्स टोय गर्दा संवेदनशील अंगमा चोटपटक लाग्न नदिन “नो” वा “स्टप” जस्ता सुरक्षासँग सम्बन्धित शब्द उच्चारण गर्दछन् ।
सेक्स टोयसँग खेल्न तथा अनुभव लिन आफूलाई स्वतन्त्रता प्रदान गर्नुहोस् । त्यसै कारण यसलाई खेलौना भनिएको हो । विभिन्न प्रकारका सेक्स टोयको अनुभव गरी आफूलाई जुन राम्रो लाग्छ त्यसैलाई अपनाउनुहोस् ।
नेपालमा सेक्स टोयको उपलब्धता
आनन्दको बारेमा बढ्दो कुराकानीसँगै नेपालमा सेक्स टोयको उपलब्धता पनि बढ्दै गएको छ । हामीले विभिन्न अनलाइन प्लेटफर्महरू र अफलाइन प्लेटफर्महरू मार्फत नेपालमा सेक्स टोयहरूू किन्न सक्छौं। निम्न केही अनलाइन प्लेटफर्महरू छन् जहाँबाट हामीले नेपालमा सेक्स टोयहरू किन्न सक्छौंस् अनलाइन प्लेटफार्महरू :
दराज नेपाल
नाइस एंड नटि
सेक्स टोय इन नेपाल
https://sex-toys-in-nepal.business.site/अफलाइन प्लेटफार्महरू
हामी आजकल बजारमा खुलेआम सेक्स टोयहरू किन्न अफलाइन पसलहरू फेला पार्न सक्छौं, तपाईंले विभिन्न प्रकारका आनन्दका टोयहरूू बेच्ने धेरै ठाउँहरू फेला पार्न सक्नुहुन्छ।
थप सामग्री–
सेक्स टोय र यसको प्रयोग गर्ने तरिका
सेक्स टोयका प्रकार
सेक्स टोयका रूपमा प्रयोग गर्न सकिने ९ प्रकारका घरायसी सामग्री
भाइब्रेटर प्रयोग गर्ने विधि
एनल सेक्स टोय (मलद्वारमा प्रयोग गरिने यौन खेलौना) सम्बन्धी मार्गदर्शन