म पुरुष तथा महिला दुवैप्रति आकर्षित
भएको कुरा म ११ वर्षको हुँदा थाहा पाएको थिएँ । उक्त भावनालाई व्यक्त गर्ने
त्योबेलाको मेरो शब्दकोशले दिएको एउटा मात्रै शब्द भनेको ‘द्विलिंगी’ थियो । समय बिट्ट्दै
जाँदा “म द्विलिंगी हुँ तर यो कुरा मैले कसैसँग शारीरिक सम्पर्क गरेपछि
मात्रै यकिन गर्न सकिन्छ ” भन्ने भावबाट “म पक्कै पनि
द्विलिंगी हुँ तर यो शब्दले मलाई असहज बनाउँछ” भन्नेमा पुगेँ र
अन्त्यमा मैले यस भनाइमा शान्ति मिलेको पाउँछु, “म क्वेर महिला हुँ । ”
भाषा महत्त्वपूर्ण हुन्छ । महिलाहरूले
प्रयोग गर्ने शब्दहरू तथा हामीले कसरी ती शब्दहरूलाई प्रयोग गर्छौँ भन्ने कुराले
स्थापित मान्यताहरूलाई आमूल परिवर्तन गर्ने सम्भावना रहन्छ । क्वेर हुनु भनेको के
हो ? ‘वेश्या’ तथा ‘नारीवादी’ शब्दहरूजस्तै क्वेर
पनि एक शब्द हो जसलाई हेप्ने गरी हामी विरुद्ध प्रयोग भएको शब्दलाई हामीले गर्वका
साथ आफ्नो पहिचानको रुपमा ग्रहण गरेका छौँ ।
‘क्वेर’ भन्ने शब्दले मेरो पहिचानलाई बढी
राम्रोसँग अभिव्यक्त गर्छ किनकि यस शब्दमा रहेको तरलताले गर्दा मैले आफ्नो बारेमा
अरूलाई कम मात्रामा व्याख्या गर्नुपर्छ जसले गर्दा मलाई सशक्तिकरण भएको अनुभूति
गराउँछ । द्विलिंगीमा लिंग भन्ने शब्द भएकाले त्यसले कतिपय अवस्थामा अधिक यौनिकरण
गराउँछ ।
एलजीबीटीक्यूआईए+ अभियान तथा बाह्य
संसारमा द्विलिंगी कम देखिने वा उनीहरूलाई देखिन नदिने खासमा वास्तविक समस्याहरू
हुन् । हामी विपरीत लिंगीप्रति आकर्षित हुने गरी हामी जन्मन्छौँ भन्ने हामीसँग
अपेक्षा गरिन्छ र हामीले आफ्नो किशोरावस्था तथा वयस्यक उमेरको सुरुवातका वर्षहरूमा
विपरीत लिंगको उत्कृष्ट जोडि खोज्नमै बिताउँछौँ । मैले पुरुषलाई मेरो समबन्धको
अर्को व्यक्ति राख्नु र महिलालाई राख्नुमा मेरो जीवन कति सजिलो र गाह्रो हुन्छ
त्यो म जान्दछु । द्विलिंगी व्यक्तिलाई विकल्प छ, तपाईं आफूप्रति
अपेक्षा गरिए जस्तै विपरीत लिंगी व्यक्तिसँग जोडी बाँध्नुहुन्छ कि क्वेर व्यक्तिको
रूपमा बस्नहुन्छ । हामी विपरीत लिंगीप्रति आकर्षित हुने तथा समलिंगी हुने भन्नेको
बिचको रेखाबाट हिँडिरहेका हुन्छौँ र विपरीत लिंगीप्रति आकर्षित हुनेमा हिँंड्दा
धेरै सहज भएकाले समाजमा द्विलिंगीहरू कम देखिन्छन् ।
हाम्रा सामाजिक तथा सामुदायिक जीवनका
हरेक पक्ष सबै व्यक्तिहरू विपरीत लिंगीप्रति आकर्षित हुन्छन् र महिला र पुरुषबिच
हुने सम्बन्धमा रही पारम्परिक पारिवारिक गतिशीलतालाई कायम राख्छन् भन्ने अपेक्षाका
साथ बनाइएका हुन्छन् । त्यसलाई हामी विपरीत लिंगीहरूको मूल्य मान्यता भन्छौँ ।
विपरीत लिंगीप्रति आकर्षित हुनु मूल्य मान्यता भयो तथा त्यसको विपरीत हुनु भनेको
प्रतिरोध हो ।
कुनै सम्बन्धमा कुनै पुरुष बिना दुईजना
महिलाहरू मात्रै संलग्न हुँदा उनीहरुको व्यक्तिगत जीवनमा पितृसत्तालाई उनीहरूले
चुनौती दिन्छन् र त्यसलाई कायम गर्न उनीहरूले अस्वीकार गर्छन् । “हामीलाई आफूलाई
सन्तुष्ट राख्न पुरुष चाहिन्न” भन्नु र आफ्नो पूरै
जीवन पुरुषहरू बिना नै बाँच्दा त्यसले ठूलो राजनीतिक अडान देखाउँछ । विपरीत
लिंगीको मूल्य मान्यताको अपेक्षालाई त्यसले भत्काउँछ जसको एकल आधारमा समाजलाई
बनाइएको छ ।
हाम्रो संसारका सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थकि आयामहरूलाई विना व्यावधान निरन्तर चल्न उनीहरूले
अनिवार्य रूपमा विपरीत लिंगीको मूल्य मान्यतामा भर पर्नुपर्छ । हामीले आफ्नो
वरिपरि देख्ने र सुन्ने सबै कुरामा विपरीत लिंगीको दृष्टिकोणलाई अनिवार्य रूपमा
प्रचार प्रसार गरिएको छ । ९० प्रतिशत चलचित्र, टीभीका कार्यक्रमहरू तथा गीतहरुमा विपरीत लिंगीका सम्बन्धहरूलाई
देखाइएको हुन्छ । विशेष गरी महिलाहरूका लागि हाम्रा प्रजनन उमेरको सबभन्दा
उत्कर्षमा’ गरिने कुराकानीका ९० प्रतिशतमा त्यसमा
नै ध्यान दिएको पाउँछौँ ।
‘तिम्रो केटा साथी छ ? के हामीले तिमीलाई कोही खोजिदिनुपर्छ ? अब तिम्रो बिहे गर्ने समय भयो, आफ्नो वरिपरिका अरूलाई हेर त ! तिम्रो समय घर्किन थालिसक्यो । ’
विशेष गरी महिलालाई यस्ता सिकाइले
विपरीत लिंगीप्रति आकर्षिक हुन दबाब दिन्छ र यस्तो सामाजिक ढाँचाभन्दा बाहिर
हामीले सम्बन्ध राख्न पाउँछौँ कि पाउन्नौँ भनेर स्थानहरू पाउन नेपालजस्तो ठाउँमा
सहज छैन । पुरुषहरू पनि यस्तो सामाजिक दबाबबाट प्रभावित हुन्छन् तर पुरुषहरूलाई
उनीहरुको उमेर ४० को दशकमा हिँड्दा पनि अविवाहित रहेकोमा महिलालाई सोही उमेरमा
अविवाहित भएको भन्दा समाजको दबाब थेग्न सजिलो हुन्छ । पितृसत्ताले हामीलाई आफूहरू
पुरुषको भर पर्नुपर्छ भनी जीवनभर भन्छ । नेपालमा हामीलाई पुरुषमाथिको निर्भरतामा
हामीलाई बाध्य पारिन्छ । जब हामी सबभन्दा पछाडि परेका समुदायहरूलाई हेर्छौँ त्यहाँ
जीवन बाँच्ने सवाल छ र हिंसाको सवाल छ ।
हाम्रो समाजमा जति व्यक्तिलाई उनीहरुको
यौनिकताको बारेमा सामाजिक रूपमा खोज्न दिइएको छ त्योभन्दा बढी मात्रामा महिला तथा
पुरुषहरू क्वेर समुदायमा पर्छन् भन्नेमा मलाई पूर्ण विश्वास रहेको छ । यदि महिला
विपरीत लिंगीप्रति आकर्षित भएको तथ्य उसलाई कुनै पितृसत्तात्मक समाजमा बाँच्नका
लागि आवश्यक छ भने पुरुषको विपरीत लिंगीप्रतिको आकर्षणको स्वामित्व लिन उसलाई
बाध्य पारिन्छ । त्यसबाट विषाक्त पुरुषत्व शक्तिशाली र दमनकारी साधनको रूपमा
अस्तित्व कायम गरिराख्छ । निष्कर्षमा भन्दा अनिवार्य रूपमा विपरीत लिंगीप्रतिको
आकर्षणले हामी सबैलाई हानि पुर्याउँछ ।