,
E ने

महिला हस्तमैथुनलाई हेयदृष्टिले नहेरौँ

लेखक: निर्भाना भण्डारी / २२/११/२०८०
work-single-image

कुनै महिलाका लागि ‘हस्तमैथुन’ शब्द उच्चारण गर्नु अझै पनि धेरै व्यक्तिका नजरमा घृणस्पद वा लाजमर्दो कुरा हुन्छ , जसले सो कार्य पुरुषले मात्रै गर्ने हो भन्ने ठानेका हुन्छ । यो शब्दलाई पुरुषसँग जोड्दा भने नकारात्मक अर्थ लाग्छ । हस्तमैथुन निष्काशनसँग सम्बन्धित हुन्छ । यौनाङ्गबाट चरमसुख लिन सकिएन भने त्यो कच्चा ऊर्जा जीवनका अन्य क्षेत्रमा रिस, क्रोध र निराशामा परिणत हुन्छन् । 

पुरुषत्व ज्यादै नाजुक छ । यतिसम कि पुरुषले महिलाको यौनिकता उनीहरुबाट स्वतन्त्र छ भन्ने बारेमा बझ्न सकेका छैनन् । एउटी मबिना नारीले कसरी आनन्द प्राप्त गर्न सक्छे ? असम्भव । अकल्पनीय । जव पितृसत्ताले महिलाको स्वतन्त्र यौन आनन्दको अस्तित्व मेटाउँछ र यस बारेमा बोल्न महिलालाई बन्देज लगाउँछ भने धेरै बालिका आफ्नो शरीरको असाधारण सम्भाव्यता थाहै नपाई उनीहरु वयस्क महिला हुन्छन् । उनकी आमाले ती बालिकालाई ख् (अंग्रेजीमा ख्बनष्लब, नेपालीमा योनि) शब्द उच्चारण गर्नु हुँदैन भनेर सिकाउँछिन् । जसले गर्दा महिनावारी हुँदा आफ्नो योनिबाट रगत निस्कँदा उनले लज्जा र अपराधबोध गर्नुपर्छ । महिनावारी भएको बेला उनलाई आफ्नो कोठामा सिमित गरिन्छ र कुनै चिज छुन निषेध गरिन्छ । गन्ध, रौँ र पानी बग्ने जस्ता कारणले स्पर्श गरेर, स्वाद लिएर एवं सुँघेर भङ्गाकुर र योनिको अन्वेषण गर्ने कुरालाई घृणित कार्य बनाइदिएको छ । 

लिङ्ग पूजा हाम्रो बाल्यावस्थाको मनोविज्ञानदेखि धर्म र विपरितलिङ्गी सम्बन्धको सामान्य अवस्थासम्म गाँसिएको छ । तर, पप संस्कृति र आमसञ्चार माध्यमले हामीलाई महिलाको यौन चरमसुख ‘रहस्यको पर्दाले ढाकिएको छ’ भन्ने गरेका छन् । “के साँच्चिकै जी—स्पट (कामोद्दिपक क्षेत्र) हुन्छ ? !” भन्ने विषयमा धरै वर्षदेखि बहस हुँदै आएको छ । वैज्ञानिकहरुले यस सम्बन्धमा अध्ययन अनुसन्धान समेत गरी जी—स्पट (कामोद्दिपक क्षेत्र) रहेको उल्लेख गरेका छन् । म किशोरी र २०—२५ वर्षको हुँदा मैले मेरा साथीहरुसँग हस्तमैथुनको बारेमा कुरा गरेको जस्तो लाग्दैन । तर, घरमा आफ्नो घरमा गोप्य अंग छुँदा मैले कहिल्यै पनि लाज वा अप्ठ्यारो महसुस गरिनँ । यो एउटा गोप्य क्रियाकलाप थियो र यसले मलाई अझ बढी रोमाञ्चक बनाउँथ्यो । 

“प्रगतिशील” पश्चिम दक्षिणका विद्यालयमा यौन शिक्षा आजसम्म पनि ज्यादै पुरातनवादी र पुरानो छ । यौनसँग जोडिएका डरलाग्दा पक्षहरुलाई मात्र उजागर गरिएका छन्— यौन संक्रामक रोग, अनिच्छित गर्भधारणा, र गर्भपतन । गैर—प्रजनन यौनका स्वस्थ र आनन्दायी पक्षहरुका रुपमा इच्छा, मनोरञ्जन र हस्तमैथुनका बारेमा कुनै कुरा उल्लेख गरिएका छैनन् । यस विषयमा परिवार र अभिभावक समेत उत्तिकै मौन छन् । त्यसैले, कुनै युवतीले यौन सम्बन्धी कुरा सिक्न सक्ने एकमात्र माध्यम भनेको इन्टरनेट र पोर्न (यौनजन्य सामग्री) हो । तर, पोर्नमा समेत महिलाको यौन आनन्द सम्बन्धी पक्षलाई पर्याप्त स्थान दिइएको छैन । 

महिलाहरुका लागि हस्तमैथुनका बारेमा खलेर बोल्नुलाई एक उग्र सुधारवादी विषय मानिन्छ । मलाई के लाग्छ भने यो विषय पूर्णतया नारीवादी आन्दोलनको दायराभित्र पर्छ किनभने हाम्रो यौनिकतालाई दबाउनु भनेको पितृसत्ताले हाम्रो आत्म–स्वायत्ततामाथि नियन्त्रण गर्ने एउटा हतियार हो । महिलाको मानवताको मुख्य पक्षलाई आधार बनाउँदै दोष थोपारेर उनीमाथि नियन्त्रण गर्न सजिलो छ । यदि हामी हाम्रो आफ्नै शरीरबाट लज्जित हुन्छौँ भने पितृसत्ताले हामीमाथि उसले चाहे अनुरुप शासन गरेर नियन्त्रण कायम राख्छ । 

हस्तमैथुन एउटा सम्भ्रान्त नारीवादी लडाइँ होइन । हामीले हस्तमैथुन गर्दा हामीलाई यौन आनन्द प्राप्त गर्न पुरुषको आवश्यकता पर्दैन भन्ने महसुस हुन्छ । मजदुर वर्गका महिलालाई पनि आफ्नो एउटा छुट्टै कोठामा बस्ने, भित्रबाट चुक्कुल लगाउने यौनको चरमसुख प्राप्त गर्ने चाहना हुँदैन भन्ने तपाईँलाई लाग्छ ? महिलालाई उनीहरुका योनि तीनवटा पीडादायी र अप्रिय कार्यका लागि मात्रै हो भनेर सिकाइएको छ— उनीहरुका पतिको यौन चाहना पुरा गर्ने साधन, महिनावारी र बच्चा जन्माउने । उनीहरुका योनि यसबाहेक अरु केहीका लागि पनि होइन । त्यही ठाउँबाट अरुभन्दा फरक आनन्द पनि प्राप्त गर्न सकिन्छ भनेर उनीहरुलाई सिकाउँदा के बिग्रिन्थ्यो ? महिलालाई अरुबाट स्वतन्त्र भएर यो उन्मत्त आनन्द लिन यसका विभिन्न तरिका सिकाएको र प्रोत्साहित गर्दा के हुन्थ्यो । यो विषय नितान्त उनीहरुकै हो र यसलाई कसैले पनि उनीहरुबाट हरण गर्न पाउँदैन । उनीहरुले कुनै पनि दिन र कुनै पनि समयमा आनन्द लिन सक्छन् । यो उनीहरुका यौनाङ्गले दिएको उपहार हो । यौन चरमसुख प्राप्त गर्न सकिने कुनै पनि पक्षका लागि हामी पुरुषमाथि नै निर्भर हुनुपर्दैन । यदि हामी आर्थिक स्वतन्त्रताका लागि लड्छौँ भने, यौनि स्वतन्त्रताका लागि किन नलड्ने ?   

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र