,
E ने

बहु व्यक्तिसँग सम्बन्ध राख्ने भनेको के हो ?

लेखक: बेनामी / २२/११/२०८०
work-single-image

बहु व्यक्तिसँग सम्बन्ध राख्ने भनेको के हो

 

यसको शाब्दिक अर्थ भनेको बहु व्यक्तिसँग प्रेम गर्नु हो । बहु व्यक्तिसँग प्रेम गर्नु भनेको सोचेरनैतिक रूपमा दुईभन्दा बढी व्यक्तिहरूसँग प्रेममय सम्बन्ध राख्नु हो । बहु व्यक्तिसँग सम्बन्ध राख्ने भन्ने बित्तिकै मानिसहरूले बहुविवाह भन्ने शब्दसँग जोड्छन् तर यी दुईमा फरक छ । यी दुई अवधारणाको सबभन्दा उल्लेखनीय फरक भनेको बहुविवाह भन्ने अवधारणा पितृसत्तात्मक समाजहरूमा सुरुवात भयो जहाँ पुरुषले एकभन्दा बढी श्रीमतीहरू रोज्न सक्ने भए । उक्त निर्णयमा महिलाको कुनै भूमिका नरहने भयो । तर बहु व्यक्तिसँग सम्बन्ध राख्ने भन्ने अवधारणा पश्चिमा समाजका प्रगतिशीलहरूले सोचेर लिएको रोजाइ हो जहाँ पितृसत्तात्मक समाजले लादेको एक जनासँग मात्रै प्रेमयुक्त सम्बन्ध हुने स्थितिबाट सन्तुष्ट नभई उनीहरू आफ्नै शर्तमा अन्य सम्बन्धहरू पनि बनाउँछन् । बहु विवाह भनेको सम्बन्धहरुमा महिलाहरूको अस्तित्व नस्वीकार्ने नैतिक रूपमा विकृत अभ्यास हो भने बहु व्यक्तिसँग सम्बन्ध राख्ने अवधारणा प्रगतिशील ढाँचा हो जसले महिलाहरूलाई आफ्नो रोजाइको सम्बन्धहरु बनाउन सशक्तिकरण गर्छ । बहु विवाह बाध्यकारी हुने विवाहको संस्थाको कारणले निर्मित हुन्छ भने बहु व्यक्तिसँग सम्बन्ध राख्ने अवधारणले विवाहको अवधारणालाई नै भत्काउँछ । 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्ने किन ?

धेरै व्यक्तिहरूलाई एकजनासँग मात्रै सम्बन्ध राख्ने ढाँचा सीमित गर्ने खालको लाग्ने भएकाले वैकल्पिक सम्बन्धको ढाँचा बनाउन खोजिरहेका हुन्छन् । हाम्रो समाजको संरचना जस्तो बनाइएको छ र त्यसको सञ्चालनका लागि विपरीत लिंगीहरूबिच एकजनासँग प्रतिबद्ध रहेर गरिने विवाहको संस्थामा यो जति धेरै आश्रित छ त्यसको आधारमा भन्दा त्यो संस्थाको विकल्पमा ल्याउने ढाँचाहरूलाई टाढै राख्न खोजिन्छ र लाञ्छित गरिन्छ । तर बहु व्यक्तिसँग सम्बन्ध राख्नु ठिक हो, स्वीकार्य विकल्प हो र तपाईंको जीवन जिउने एउटा तरिका हो । 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्ने भनेको यौन सम्पर्कको विषय होइन । यो त एकजनाभन्दा बढी व्यक्तिलाई इमानदार तथा नैतिक तरिकाले प्रेम गर्नु हो । बहु व्यक्तिसँग सम्बन्ध राख्ने भनेको एकभन्दा बढीसँग लुकेर यौन सम्पर्क गर्ने अवधारणाभन्दा फरक हो किनकि यस प्रक्रियामा संलग्न सबैले आमूल रूपमा पारदर्शीता अपनाएका हुन्छन् । बहु व्यक्तिसँग सम्बन्ध राख्नाले दुई जनाबिचको सम्बन्धमा हुने इर्ष्या, बफादारिता तथा सम्बन्धको पवित्रता जस्ता सीमित गर्ने पक्षहरूलाई भत्काउँछ । 

 

कतिपय व्यक्तिहरूलाई औपचारिक सम्बन्धमा नभएकासँग गोप्य रूपमा गरिने यौन सम्पर्क ठिक लाग्छ तर एकजनासँग प्रतिबद्ध भएर नगरिने सम्बन्धहरूको बारेमा खुला रूपमा कुराकानी गर्न अप्ठ्यारो लाग्छ । यसको कारण समाजले हामीलाई दिएको सिकाइको कारणले होला जहाँ बहु व्यक्तिसँग सम्बन्ध राख्नु अस्वाभाविक हुन्छ तर लुकेर औपचारिक सम्बन्ध नभएको अर्को व्यक्तिसँग यौन सम्पर्क गर्नुलाई सामान्यीकरण गरिएको विरोधाभाषको स्थिति छ । बहु व्यक्तिसँग सम्बन्ध राख्ने सोचले हामीलाई इर्ष्या जस्ता आफ्ना अवचेतनका भावनाहरूको सामना गर्न बाध्य बनाउँछ र सम्बन्धका सामाजिक रुपरेखामा रहेको स्वामित्व जस्ता सोचलाई चुनौती दिन्छ । एक महिलामाथि पुरुषको नियन्त्रणलाई खुकुलो बनाउन सक्ने कुनै व्यक्तिले गुफामा बसेको अवस्थाको पुरुषको सोचबाट विकसित भएको देखिन्छ र यसले शताब्दीयौँदेखिको पितृसत्तात्मक सिकाइलाई अस्वीकार गरेको ठहरिन्छ । 

 

एकभन्दा बढी सम्बन्ध कायम राख्न कोही पनि व्यक्तिसँग भावनात्मक बौद्धिकतालाई उच्च स्तरमा विकास गरेको हुनुपर्छ । त्यसको आधारमा यसमा संलग्न सबै जनाप्रति आपसी समझदारी तथा सम्मानको भाव प्रदान गर्न सकिन्छ । बहु व्यक्तिसँग सम्बन्ध राख्ने कार्य भावनात्मक रूपमा दबिएर बसेको तथा कमजोर मनको व्यक्तिलाई होइन जो इर्ष्या तथा असुरक्षाको पहिलो तानातानमै भाग्छ । 

 

कुनै पनि सम्बन्धमा इर्ष्या भनेको त्यसलाई भत्काउने कुरा होइन । हामीले अन्य कुनै भावनालाई पनि सम्बन्धलाई भत्काउने पक्षको रूपमा लिन्नौँ भने इर्ष्यालाई किन त्यसरी लिनुपर्‍यो ? यदि तपाईंले इर्ष्यलाई दु:ख, रिस वा एक्लोपन जस्तै नकारात्मक भावनाको रूपमा लिनुभयो भने त्यसलाई व्यवस्थापन गर्ने तरिकाहरू सिकिन्छ । 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्ने बारेको यथार्थ भनेको यो एकदमै व्यक्तिवादी हुन्छ र यसको अभ्यास तथा अवधारणाको सारांश भन्न सकिन्न । हरेक जोडीले आफ्ना सीमाहरू, सञ्चार गर्ने तरिका, कुनै कुराहरूलाई सामना गर्ने तरिका, द्वन्द्व व्यवस्थापन विधिहरूको तय गर्छन् । उनीहरूले नै कतिजना व्यक्तिहरूसँग भेट्ने, उनीहरूलाई कसरी भेट्ने, कतिजनासँग यौन सम्पर्क राख्ने तथा कतिको अन्तरालमा जस्ता विषयमा निर्णय गर्छन् । एकजनासँग मात्रै प्रतिबद्ध रहने सम्बन्धमा भए जस्तै यता पनि सम्बन्धहरू कस्ता हुन्छन् भन्नेमा उक्त जोडीमा नै भर पर्छ । 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्दाको व्यक्तिगत भोगाइ 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्नेबारेको मेरो खोजले उपयुक्त प्रेमयुक्त सम्बन्ध कस्तो हुनुपर्छ भनेर मलाई दुई दशकसम्म सिकाइएको र नमुना देखाइएको सबै कुरालाई चुनौती दियो । मैले हुर्कँदै गर्दा एकजनासँग मात्रै प्रतिबद्ध फरक लिंगी जोडीहरू देखेको थिएँ । मेरा बाबुआमा तथा हजूरबुबा हजूरआमा तथा मेरा सबै नातागोताहरूले परिवारले खोजेका व्यक्तिहरूसँगै विवाह गरेका थिए । तर मैले विवाहित जोडीहरूमा स्नेह चाहिँ देखेको थिइनँ तर सम्बन्धको वैकल्पिक स्थिति भने देखेको थिएँ । मैले कहिले पनि श्रीमान्‌ले श्रीमतीलाई चुम्बन गरेको देखिनँ, श्रीमतीले श्रीमान्‌लाई म तिमीलाई माया गर्छु भनेको सुनिनँ, कसैले कसैको हात समातेको पनि देखिनँ र कतै पनि नजिकको सम्बन्ध भएको वा स्नेह देखाएको कतै पनि केही सुराक छोडेनन् । बढ्दै गरेको मेरो दिमागले दैनिक दुईपटक दाँत माझे जस्तै विवाहलाई हामी सबैले कुनैठूलो लक्ष्यहासिल गर्न गर्नैपर्ने कामको रूपमा लिएको थियो तर त्यो लक्ष्य के थियो भन्नेमा चाहिँ त्यो बेलामा प्रस्ट भैसकेको थिएन । 

 

बहु व्यक्तिसँग सम्बन्ध राख्ने किसिमको सम्बन्धको मेरो पहिलो अनुभव चाहिँ त्यसको भोलिपल्ट मैले आफूलाई दोषी बनाएको थिएँ किनकि मैले आफूले त्यस बेलासम्म स्वीकारेका सबै मान्यताहरूलाई चकनाचुर बनाएको थिएँ । तर त्यसपछि मलाई हामी अज्ञानतापूर्वक फस्ने त्यस्तो जकडिएको सिकाइप्रति एकदमै रिस उठ्यो । २३ वर्षसम्म एकजनासँग प्रतिबद्ध रहने सम्बन्धको बारेमा मात्रै देखेको र पुरातनपन्थी हुर्काइले मलाई विवाहकोशुद्धताको बारेमा धेरै नै विचार दिमागमा छिरायो । विवाह भनेको दुई व्यक्तिबिच हुने पवित्र बन्धन हो र त्यसलाई जोखिममा पार्ने कुनै पनि फरक बाटो अनैतिक तथा अस्वीकार्य हो भन्ने मलाई लाग्थ्यो । 

 

मेरा प्रश्नहरूले मूलधारको समाजमा प्रेम तथा सम्बन्धहरूका बारेमा रहेका सीमित भाष्यहरूप्रति मलाई दिक्क लाग्यो । विपरीत लिंगी व्यक्तिहरूबिच एक जनासँग प्रतिबद्ध भएर गरिने विवाहलाई सबभन्दा उत्कृष्ट भनी हरेक महिलाले पाउन खोज्नुपर्ने भनी देखाउने हलिउडका चलचित्रहरूप्रति पनि म रिसाएँ । समाजले बताएका सुत्रहरू अनुकूल हुने सम्बन्धहरूमा बाँधिने तर भित्रभित्रै असन्तुष्ट हुने मेरा अभिभावक तथा नातेदारहरूसँग जसलाई हेरेर म हुर्किएँ उनीहरूप्रति पनि म रिसाएँ । मुख्यत: एकजनासँग प्रतिबद्ध भएर रहन नसक्ने ती व्यक्तिहरूमाथि लगाइने लाञ्छना तथा दोष तथा उनीहरू स्वार्थी र पापी भएको भनी गरिने दोषारोपणप्रति म एकदमै रिसाएँ । 

 

यी प्रश्नहरूले मलाई हलुका बनाए । यिनीहरूले विभिन्न आलोचना तथा गलत बुझाइका बाबजुद मलाई बहु व्यक्तिसँग पूर्ण रूपमा सम्बन्ध राख्न खुला बनाई मेरा सत्यमा टेकाए । म अगाडि बढ्न चाहन्थेँ र मैले बहु व्यक्तिसँग सम्बन्ध राख्दा मलाई अत्यधिक आनन्द तथा स्वविकासक ल्याउँछन् भन्ने मैले देखेको थिएँ ।

 

- अज्ञात  

 

थप सामग्रीहरू: 

https://psychcentral.com/health/polyamorous-relationship

https://www.psychologytoday.com/us/basics/polyamory

https://www.buzzfeed.com/hannahdobro/polyamorous-people-discuss-relationships

https://www.foriawellness.com/blogs/learn/polyamory-for-beginners

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र