जेड पुस्ताको ध्यान केन्द्रित गर्ने क्षमताको अवधि अवधि आठ सेकेन्डको हुन्छ जसमा उनीहरूले विभिन्न डेटिङ एपहरूमा एकपछि अर्का सम्भावित सम्बन्धहरूलाई चाँडो चाँडो हेर्दै अगाडि बढ्छन् । डिजिटल अन्तरक्रियाहरूको बढ्दो प्रयोगले सम्बन्धहरू पनि अनलाइनतिर सरेका छन् र नयाँ पुस्ताका लागि सबभन्दा उपयुक्त सम्पर्कहरूको अवधारणामा परिवर्तन आएका छन् । आफूभन्दा अगाडिका पुस्ताहरूसँगको सञ्चारमा कमी, पारम्परिक रूपमा बुझिएको भन्दा प्रेम, चाहना तथा आवश्यकताको भाषा फरक भएकाले जेड पुस्तालाई अति व्यक्तिवादी बन्ने संस्कृतितर्फ प्रेरित गरेको छ । आफूलाई बुझोस् र आफ्ना रोजाइहरूलाई समर्थन गर्नेको खोजीमा पारम्परिक घेराहरूभन्दा बाहिर पनि विभिन्न अनलाइन मञ्चहरूमा समान विचार राख्ने व्यक्तिहरूको खोजीमा उनीहरूलाई प्रेरित गरेको छ । परिवारले खोजिदिएको जोडीमा सम्झौता नगर्नेबाट आफ्नै शर्तमा प्रेम र साझेदारी खोज्ने परिवर्तनले असीम सम्भावनहरू सिर्जना गरेका छन् ।
उस्तै खालका व्यक्तिहरूसँग सामाजिक सञ्जालमा भेट्दाको उत्साहका बाबजुदा जेड पुस्ताका बिचमा हुने डेटिङ छोटो अविधका लागि भएकव छ । सम्भवत: माया तथा यौन सम्पर्कको बारेमा हामी त्यति धेरै व्यावहारिक भयौँ कि अघिल्ला पुस्ताहरू झैँ बलियो प्रेमयुक्त सम्बन्धहरू बनाउन सकेनौँ । आफ्नो प्रतिबद्धतामा नडगमागाई प्रेमयुक्त तथा यौनिक पहिचानहरू पत्ता लगाउने र पेशागत तथा वित्तीय स्थायित्व हासिल गर्ने दुई पक्षबिचको तानातानले हामीलाई सम्बन्धहरूमा रहन दिनेभन्दा पनि कुनै स्थितिमा सम्झौता गर्नुपर्ने अवस्था सिर्जित गरेको छ । एक औंलाको थिचाइले अर्को व्यक्तिसँग सम्पर्क हुने भए पनि युवाहरू एक्लो अवस्थामा छन् । खाली यौन सम्बन्ध कायम गर्ने र हरेक दिनका निरसिला क्रियाकलापहरू कसैसँग साझा गर्नेबिचमा रहेको मसिनो रेखाले पनि आधुनिक दिनहरूका डेटिङलाई अस्तव्यस्त बनाएका छन् ।
व्यक्तिगत तवरमा सम्बन्धहरूको परिभाषामा उदार भएकाले हुर्किँदै गरेको पुस्ता गैर पारम्परिक जोडीमा लय मिल्ने सवालमा द्वुविधामा परेको देखिएको छ । हामीले एक अर्कासँग साझा गर्ने सन्देश तथा तस्विरहरूमा हामी प्रेमको झिल्को बल्ने कुरामा हाम्रो बानी पर्दै गएको छ जसले हामीले एक अर्कासँग बनाउन सक्ने लयलाई नै प्रभावित पार्छ । आज हरेक डेटिङका साइटमा राखिने परिचत निश्चित समूहलाई लक्षित गरी बनाइएको उत्पादन जस्तो भएको छ जसमा जोडी मिलेको भनेर आउने जानकारी स्वीकारोक्तिको कारोबार भएको छ र हरेक व्यक्तिगत भेटघाट हामीले नियन्त्रण गर्ने धेरै चाहना भएको स्थिति पाउँदा कस्तो महसुस हुन्छ भनेर त्यसमा अभ्यस्त हुने, बिर्सने र आफैँलाई सम्झाउने तरिका भएका छन् । यौन सम्बन्ध सम्बन्धमा लय स्थापित गर्ने क्षणिक अनुभव भएका छन् र त्यो पनि धेरै समयसम्म दिगो हुने जस्तो देखिन्न । अनलाइन एपहरूले स्थापित गराउने यस्ता सम्बन्धहरूको म्याद छोटो भएको पूरा समस्या होइन तर जब ती सम्बन्धहरू हाम्रो दैनिक जीवनशैलीमा प्रवेश गरी प्रति उत्कर्षकँ घटनाहरू बनी आउँछन् त्यस बेलामा भने समस्याको बन्छन् ।
अनलाइन डेटिङले यौन सम्पर्क जस्तो तत्कालै पाइने सघन इच्छापूर्तिको लागि अगाडि बढाइरहेको छ न कि सम्भवत: स्थिर खालको विवाहमा पुग्ने किसिमको दीर्घकालीन सम्बन्धलाई अनुभूति गर्ने मार्गमा । कुनै एउटा निश्चित व्यक्तिलाई पाउने भनेर सञ्चार माध्यम तथा चलचित्रहरूमा देखाइएको अवस्थाको पछि लाग्ला हामी आफैँलाई हराइरहेका छौँ । त्यसका कारण गहिरो सम्बन्ध खोज्नेले आफ्ना विकल्पहरूलाई विविधिकरण गर्न रमाइलोका लागि यौन सम्बन्ध स्थापित गर्ने बाटोतिर लागिरहेका हुन्छन् । अन्तरंग सम्बन्धहरू सोझो रेखामा हिँड्दै सँगै बस्ने, मगनी तथा विवाह गर्ने जस्ता परम्परागत सम्बन्धका कोशेढुंगाहरू हासिल गर्ने सोचमा जेड पुस्ताले परिवर्तन खोजेको छ । यस्तो परिवर्तनको आकर्षण क्षमताले आफूले चाहेको सम्बन्धलाई हाम्रो ध्यान केन्द्रित गर्ने समयभन्दा बढी दिगो बनाउन सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न हाम्रा सामु उभिएको छ ।