यदि म हुर्कँदै गर्दा कसैले मलाई यौन
सम्पर्क गर्नु भनेको सामान्य हो र त्यो आनन्ददायी हुन्छ भनेर भनिदिएको भए मेरो
जीवन मरुभूमिमा पाइने पानीको कुवा जस्तै हुन्थ्यो । त्यस्तो कुवामा म डुबुल्की
मार्थेँ, पारिलो घाममा ज्यान सेकाउँथेँ र विभिन्न
तरिकाले मेरो तिर्खालाई मेटाउँथेँ । दोष र लाजको दृष्टिकोणबाट नहेरिकन असीम
आनन्दको रूपमा मात्रै । पहिलोपटक हामीलाई यौन सम्पर्कको बारेमा स्कूलमा सिकाउँदा
त्यसको बारेमा हुने कुराकानी शीघ्र स्खलनभन्दा पनि चाँडो सकिन्छ । वीर्य तथा अण्डाहरू
कसरी भेट्छन् भनेर शिक्षकले एक मिनेटभित्र व्याख्या गरिसक्छन् र बाँकी रहेको कक्षा
कण्डमको बारेमा कुरा गरी सकाउँछन् । त्यसो गर्दा उनीहरूले हामीले बच्चा पाउने बेला
नभइञ्जेलसम्म यसको बारेमा खासै थाहा पाइराख्नु पर्दैन भन्ने संकेत गर्छन् । भ्रुण, हामीलाई यस संसारमा ल्याउने नौँ महिनाको गर्भाधारण जस्ता कुरा नै
हाम्रो नेपाली शिक्षा प्रणालीले यौनको बारेमा पढाउने कुरा हुन् । यौन सम्पर्क र
बच्चालाई एउटै जसरी पढाइएकोले ज्ञानको त्यो थोपा लिएर यौन यात्रामा हिँड्दा हामीले
आनन्द भन्ने कुरा पाउँदैनौँ ।
१८ देखि ९४ वर्षसम्मका विपरीत लिंगीसँग
आकर्षित हुने ८१.६ प्रतिशत महिलाहरूले योनिमा लिंग छिराएर गरिने यौन सम्पर्कबाट
चरमोत्कर्षमा पुग्दैनन् र १५ प्रतिशतले त्यसको अनुभूति जीवनभर गर्न पाउँदैनन् ।
कुनै पनि प्राणीले अनुभूति गर्ने सबभन्दा असीम आनन्द भनेको चरमोत्कर्ष हो र त्यसको
अन्तरनिहित विधिको बारेमा बुझाउन वा सिकाउन खोजिन्न । हाम्रो समाजले हामीलाई यौन
सम्पर्क भनेको बच्चा जन्माउनका लागि गरिने कुनै एउटा काम हो भन्ने दृष्टिकोण दिन्छ
र त्यसो गर्दै गर्दा त्यसमा हुने रमाइलो तथा चरमोत्कर्षको आनन्दको अनुभूतिलाई
बिर्सिइन्छ । पवित्रताको नाममा जब पूरै कार्यको बारेमा कुरा गर्न नहुने स्थिति
बनाइएको छ त्यस अवस्थामा पुरुष स्खलनलाई यौन सम्पर्कको अन्त्यको रूपमा हेरिन्छ ।
पुरुषको चरमोत्कर्षलाई स्खलनसँग जोडिए पनि त्यो एउटा शारीरिक प्रक्रिया हो । तर
पनि ९५ प्रतिशत पुरुषहरूले यौन सम्पर्कमा चरमोत्कर्षको अनुभव गरेको बताउँछन् ।
पुरुषहरूका लागि आनन्द भनेको मसिनो रेखा हो जुन प्राय: स्खलनको अन्तिम नतिजाले
धमिलो बनाइदिन्छ, चाहे उनीहरूले चरमोत्कर्षको अनभूति गर्न
पाऊन् कि नपाऊन् । विपरीत लिंगीप्रति आकर्षित हुने धेरै महिलाले आनन्दको महसुस
गर्न नपाउने वा त्यसलाई नबुझ्ने तर बच्चा जन्माउने नाममा पुरुषहरूलाई आनन्द
प्राप्तिका लागि औजार बन्ने स्थिति रहनु चिन्ताको विषय हो ।
ऐतिहासिक रूपमा हाम्रा आमा तथा हजूरआमाहरूले यौनका
नाममा आनन्दका आयामहरुको बारेमा बिरलै महसुस गर्न पाए तर पुरुषहरूले बच्चा
जन्माउने नाममा पनि त्यसको अनुभूत गर्न पाएका थिए । त्यसले महिलाको यौनिक आनन्द
कति सीमान्तकृत रहेछ भन्ने देखाउँछ । स्खलनलाई प्रजनन र आनन्द दुवैको अन्तिम वस्तु
हो भनी दिइएको सिकाइले महिलाहरूलाई यौनिक आनन्द अनुभव गर्न वा त्यसलाई अँगाल्न
लागि बाधा पुर्याउँछ । यौन भनेको प्रजननको कामसँग मात्रै सीमित छैन र न त यो
समाजको लागि योगदान दिन महिलाहरूले सहनुपर्ने पीडा हो । हरेक यौन सम्पर्क अत्यधिक
आनन्दको अनुभूतिको एक अन्तरंग क्रिया हो र हामीले यस आनन्दलाई फैलिएका हात र अझ
बढी फैलिएका खुट्टाहरूले लिन सक्नुपर्छ । यसमा पहिलो कदम भनेको आफ्नो शरीरलाई
बुझ्ने तथा आफैँसँग प्रेम गर्ने हो । आफ्नो जैविक अस्तित्वलाई अँगाल्ने तथा आफ्ना
आवश्यकताहरूको बारेमा सञ्चार गर्दा हरेक यौनजन्य क्रियाकलापहरुमा आफ्ना व्यक्तिगत
चाहनाहरूलाई खोज्न तथा आनन्द अनुभूति गर्न मद्दत पुग्छ । यस आनन्दलाई परिभाषित
गर्ने काम मात्र तपाईंको हो र तपाईंसँग यसको दाबी गर्ने अधिकार छ किनकि यो कुवामा
तपाईैले त्यसको गहिराइलाई बिना कुनै हिच्किचाहट नाप्न पाउनुहुन्छ र अरूले तपाईंलाई
त्यसो नगर्न भन्न पाउँदैनन् ।