कुनै कुरालाई एकदमै चाहनु, त्यसलाई अनुभव गर्नु र ती कुरा आफ्नो दैनिक जीवनशैलीमा छ भन्ने दावी गर्ने गज्जबको अनुभूति हो । यौनको अपेक्षामा कुनै व्यक्ति यौनांगले प्रतिक्रिया जनाउने यौन उत्तेजनाभन्दा फरक कुनै किसिमको यौन क्रियाकलापमा सहभागी हुने भावनात्मक अभिलाषालाई यौन चाहना भनिन्छ । यो यौनको भोक हो जहाँ तपाईंले अनौठा चाहना तथा कल्पनाहरूका विभिन्न दिशाहरू पत्ता लगाउने र व्यक्तिगत रोजाइ तथा अनिच्छाका पक्षहरूको बारेमा पनि थाहा पाउनुहुनेछ । सामाजकि प्राणीका रूपमा हामीले अर्कासँग लय मिलेको, मन पराइनु तथा अन्तरंग सम्बन्धहरूको चाहना राख्छौँ । त्यसैले हाम्रो दिमागको पछाडिको भागमा रहेको विभिनन किसिमका चाहनाहरू खासमा स्वाभाविक तथा उपयुक्त हुन् । तिनीहरूलाई स्वीकार्ने तर तिनीहरूलाई आफ्नो दैनिक जीवनलाई नियन्त्रण गर्न नदिने मसिनो रेखामा यात्रा गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ ।
मानिसहरूको यौनिकताको एक अभिन्न अंगको रूपमा यौन चाहनालाई सामान्यीकरण गर्नु महत्त्वपूर्ण हुन्छ । किनकि सबै मानिसहरूले आफ्नो यौन चाहनालाई पूर्ति गर्न मात्रै यौन क्रियाकलापमा सहभागी भएका हुन्नन् । हरेको व्यक्तिले आफ्ना चाहना तथा आवश्यकतालाई कसरी परिभाषित गर्छ भन्नेमा यो भर पर्छ । तपाईंले आफ्ना चाहनाहरूलाई आपसी सहमति गरे बमोजिम कोमलो माया लिनेदिने क्रियाकलापको रूपमा व्याख्या गर्न सक्नुहुन्छ वा आफूसँग यौन सम्पर्क गर्ने व्यक्तिलाई दिने यौन सेवाको रूपमा पनि व्याख्या गर्न सक्नुहुन्छ । यसलाई जसरी व्याख्या गरे पनि यस प्रक्रियामा आफू र आफूसँग यौन सम्पर्क गर्ने व्यक्ति एउटा सहमतिमा आउनुपर्छ । आफूलाई आनन्द दिने क्रियाकलापका पहिचान गरी त्यसको बारेमा सम्बन्धितलाई जानकारी दिन माध्यमहरू पहिचान गर्नु आवश्यक हुन्छ । यस्तो तरिका अपनाउँदा आपसी सहमतिमा तय गरिएका र मनोभावनात्मक क्षति नुपुर्याउने जुनसुकै किसिमका यौन चाहनाहरूलाई स्वीकृति मिल्छ ।
माथि भनिएको स्थितिमा यौान चाहनाहरूलाई स्वीकृति मिल्ने कुरा बुझिएको छ । तर कति चाहना चाहिँ बढी हो भन्ने प्रश्न त जीवितै रहन्छ । कुनै यौन क्रियाकलाप गर्दा सीमा नाघिने पो हो कि ? अन्यलाई दु:ख दिएर आनन्द लिने, नियन्त्रण गर्ने र नियन्त्रित हुने, उत्तेजक रूपमा पात्रको भूमिका निभाउने, कुनै अंगको अधिक चाहना राखी गरिने यौन क्रियाकलाप, उत्तेजक खालका अनुशासन जस्ता गैर पारम्परिक यौनिक, उत्तेजित तथा अन्तरंग बेहोराहरू कुनै व्यक्तिका यौनिक चाहनाका अभिन्न अंग बन्न सक्छन् । जहिलेसम्म तिनीहरूको बारेमा सबै पक्षको सहमति छ र तिनीहरूले यौन क्रियाकलापभन्दा बाहिरका जीवनलाई नकारात्मक असर पार्दैनन् ती चाहनाहरू आफ्नो कमजोरीलाई स्वीकार्ने; अन्तरंग सम्बन्धहरू कायम राख्ने तथा अरूले मूल्यांकन नगर्ने तरिकाले आफ्ना यौनिक चाहनाहरूलाई व्यक्त गर्न सिक्नका लागि माध्यम हुन सक्छन् । यौनको बारेमा अनुभूति गर्नु सीमा रहित भएकाले यहाँ कुनै पनि सबभन्दा उपयुक्त भन्ने खालको यौन क्रियाकलाप छैन ।
कहिलेकाहीँ सञ्चार माध्यमहरूले गैर पारम्परिक यौन क्रियाकलापलाई नकारात्मक बानीको सम्भावना भएको क्रियाकलापको रूपमा चित्रित गरेको हुन्छ । त्यसले गर्दा परम्परागत क्रियाकलापभन्दा बाहिरका गतिविधि गर्न चाहनेलाई लज्जित र दोषी बनाउँछ । यदि कसैले पत्ता लगाउने प्रक्रियाको सुरुवात नगर्ने हो भने आफ्ना आवश्यकताको पहिचान गर्ने तथा सीमाका बारेमा बुझ्ने कुरा सम्भव हुन्न । भावनात्मक तथा शारीरिक तहमा लय मिलाउने सम्बन्धमा आफ्ना यौन चाहनालाई अगाडि आउन दिँदा आफ्नै बारेमा पनि सकारात्मक सोच विकास हुनुका साथै वास्तविकता तथा कल्पनाको फरक जान्ने अवसर पनि मिल्छ । यी सबैमा विश्वास आर्जन गर्ने, सुरक्षित शब्दहरूको प्रयोग गर्ने, सहमति लिने तथा व्यक्तिगत सीमाहरूको पहिचान गर्ने आदि पर्छन् । साधारणतया सीमान्तकृत यौन चाहनाहरूलाई सामान्यीकरण गर्दा हामीले गैर मान्यतामूलक यौन क्रियाकलापको बारेमा थाहा पाउँछौँ । यस्तोमा संलग्न हुँदै गर्दा हामीले शयन कक्षभित्र र बाहिर पनि काम लाग्ने केही कुरा सिक्छौँ कि !