,
E ने

यौन संत्रफमक रोग (STDs): सेवामा पहुँच र रोकथाम

लेखक: प्रतिभा पन्त / २२/११/२०८०
work-single-image

तपाईंले आफू यौन रूपमा सक्रिय रहेको स्वीकार गर्नुपूर्व दुईपटक सोच्नुपर्ने समुदायमा सुरक्षित यौन र संक्रामक रोग रोकथाम सुनिश्चित गर्ने स्रोत साधनको पहुँच न्यून छ । अक्सर हामीले आत्मीयता, आनन्द र सम्बन्धका लागि आफूलाई अरुमा अन्धाधुन्ध समर्पण गरिदिन्छौँ । त्यसैले, हाम्रो शिक्षा प्रणालीमा गर्भनिरोधक साधनहरू अधिक चर्चा गरिएका विषयमध्येको एक भएपनि त्यसलाई दैनिक अभ्यासमा एकीकृत गर्ने बारेमा हामी एकमत हुन सकेका छैनौँ । यौन क्रियाकलापमा नयाँ पुस्ताकाृ बढोत्तरीलाई ध्यान दिँदै यौन संक्राकम रोगले व्यक्तिमा जीपनपर्यन्त पार्नसक्ने गम्भीर प्रभावका बारेमा सजग रहनु सँधै महत्वपूर्ण हुन्छ । विशेषगरी, एकपटक संक्रमण भइसकेपछि कतिपय रोगको रोकथाम गर्न सकिँदैन र यसले तपाईंको शारीरिक तथा संवेगात्मक रूपमा असर पार्न सक्छ ।

सन् २०२० मा नेपालमा एड्भान्स्ड एचाआइभी भएका ६०.६ प्रतिशत मानिसको मृत्यु भएको थियो । यसैगरी, नेपाली महिलामा ८०.३ प्रतिशत इन्भ्यासिव  ९क्ष्लखबकष्खभ० पाठेघरको मुखको क्यान्सरका घटना ह्युमन पापिल्लोमाभाइरस(एचपिभी) जस्ता यौन संक्रामक रोगहरूकै कारण भएको मानिएको छ । एचाइभी र एचपिभी एकपटक संक्रमण भइसकेपछि निको पार्न सकिँदैन र यी दुवैको दर नेपालमा उच्च रहेको छ । त्यसपछि नेपालमा प्रमुख समस्याको रूपमा रहेका अन्य यौन संक्रामक रोगहरूमा ट्राइकोमोनिएसिस र क्लामाइडिया ट्रेकोमेटिस रहेका छन् । सामान्यतयाः तोकिएको एन्टिबायोटिक्सको एक चक्रको प्रयोग गरी यी रोग निको पार्न सकिन्छ । नेपालमा २.५ प्रतिशत पुरुष र २.६ प्रतिशत महिलाले कुनै पनि स्वरूपको यौन क्रियाकलापमा कण्डमको नियमित प्रयोग गर्ने गरेको बताइएको छ । यस पृष्ठभूमिमा विशेषगरी विवाह हुनुपूर्व र धैरै व्यक्तिसँग यौन सम्पर्क राख्ने प्रवृत्ति बृद्धि हुँदै गर्दा युवायुवतीहरूबीच यौन संक्रामक रोगका बारेमा पर्याप्त सञ्चार नहुनु चिन्ताको विषय हो । 

यौन संक्रामक रोग लाग्यो कि भन्ने डरको कारण म आफैँ पहिलो पटक स्त्रीरोग विशेषज्ञलाई भेट्न गएको घटना मलाई याद छ । मेरो योनिमा चिलचिलाहट भइरहन्थ्यो । अनौठो देखिने पानी बहन्थ्यो । मैले आफूमा भएको समस्या ज्यादै खराब भइसकेको पाएँ । यसले मलाई एकसाथ लज्जित, अपराधबोध र चिन्तित गरायो । त्यसपछि म चिकित्सकको परामर्श लिन गएँ । भाग्यले गर्दा यो एउटा सामान्य यीस्ट इन्फेक्सन ९थ्भबकत ष्लाभअतष्यल०मात्रै रहेछ । चिकित्सकले यौन संक्रामक रोग नलागेको जानकारी दिनुभयो । तथापि, मेरो योनिमा सामान्य एवं अस्थायी समस्या भएको पाइयो । यसले मलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न, नियमित जाँच गराउन र रोग रोकथाम गर्ने भ्याक्सिन लगाउन प्रेरित गरायो । हामी नयाँ पुस्ता अनौपचारिक हुने क्षणिक सम्बन्ध ९ज्ययपगउक०र अनलाइन सम्बन्धको सामान्य युगतर्फ अगाडि बढिरहेका बेला यौन संक्रामक रोग र यसको रोकथामका उपाय सम्बन्धी सञ्चारलाई प्रथामिकतामा राख्नु अझ बढी महत्वपूर्ण भएको छ । मलाई लाग्छ , तपाईंले आफ्नो पार्टनरलाई कण्डमको प्रयोग र सम्भावित यौन संक्रामक रोगका विषयमा कसरी र कहाँ बताउने तथा आफूलाई नियमित रूपमा सजग राख्ने भन्ने बारेमा कुनै निर्णय लिनुभएको छैन । तपाईं दोधारमा हुनुहुन्छ । तर, यस विषयमा बेलैमा निर्णय लिई आवश्यक कदम नचाले स्वर्गको अनुभव गर्न खोज्दा छिट्टै नरकमा पुग्न कुनै समय लाग्दैन ।

यौन संक्रामक रोगको रोकथाम गर्ने पहिलो चरण हो— सँधै कण्डम जस्ता निरोधक साधनको प्रयोग र स्वास्थ्य जाँच गराउने विषयमा आफ्नो पार्टनरसँगको सहज सञ्चार । तपाईं आफूलाई पायक पर्ने कुनै पनि क्लिनिकमा गई सुरक्षित यौन तथा प्रजनन सेवा प्राप्त गर्न सक्नुहुन्छ । तपाईंले दाँत माझ्ने, नुहाउने नित्य कर्म गरेजस्तै यौन स्वास्थ्य सम्बन्धी परामर्शलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाउनु आवश्यक हुन्छ । खोप कार्यक्रमकै एक हिस्साका रूपमा नेपाल सरकारले हालैका वर्षमा ११ देखि १३ वर्षसम्मका बालिकाहरूका लागि एचपिभी खोप प्रचलनमा ल्याएको छ । यसले युवतीलाई क्यान्सरको दोस्रो ठूलो क्यान्सर (पाठेघरको मुखको क्यान्सर) बाट टाढा राख्न मद्दत गरेको छ । तथापि, भ्याक्सिन नलगाएका व्यक्तिले दोस्रो चरण अवलम्बन गर्नुपर्छ । त्यो हो— नियमित रूपमा चिकित्सकबाट जाँच गराउने । यौन सम्बन्धी हाम्रो अन्वेषण र यौन सन्तुष्टिका हाम्रा माध्यम अपनाउन सामाजिक उत्प्रेरणालाई धेरै समय लाग्ने देखिन्छ । तर, हामीसँग बायोमेडिसिन (चिकित्सकीय औषधि) उपलब्ध छन् । सुरक्षित तथा रोग नै लाग्न नदिने गरी यौन जीवन अगाडि बढाउन हामीले बेलैमा कम चाल्नु आवश्यक हुन्छ ।

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र