,
E ने

७ कथाहरु

लेखक: आकृति घिमिरे / ०५/१२/२०८०
work-single-image

प्राक्कथन 

 

आदरणीय पाठकगण

 

तपाईंहरूले मलाई चिन्नुहुन्न होला वा मेरा कुनै लेखहरू पढ्नुभएको पनि हुन सक्छ तर तिनीहरूले खासै फरक पार्दैनन् । म तपाईंहरूलाई आफ्नो परिचय गराउँछु । मेरो नाम आकृति हो र म कमजोरी तथा राजनीतिको अन्तर आबद्धताको क्षेत्रमा काम गरिरहेको एक लेखक हुँ । 

 

तपाईं यौन क्रियाकलापमा संलग्न हुने व्यक्तिको रूपमा यात्रा सुरु गर्दै गर्दा मैले यो पत्र लेखेको छु । आफू, आफ्नो शरीर तथा वरिपरिका मान्छेहरूलाई यौनिक रूपमा बुझ्दै गर्दा आफ्नो हिस्साका गल्तीहरू गरेको व्यक्तिको रूपमा मैले तपाईंहरूलाई यो पत्र लेख्दैछु । 

 

प्रेम वा आशक्ति दुवैका क्षेत्रमा अलमलिनु र तर्कपूर्ण नलाग्ने निर्णयहरू गर्नु र रोजाइहरू छान्नु अस्वाभाविक होइन भन्ने म तपाईंहरूलाई भन्दछु । कोहीसँग सम्बन्ध विस्तार गर्न अगाडि बढ्ने क्रममा आपसी सहमतिमा होस् र तपाईंले कुनै पनि समयमा दिएको सहमति कसैको प्रभावमा परेर नगरेको होस् भन्ने सुनिश्चित गर्नुहोस् । तपाईंलाई यौन क्रियाकलापको बारेमा प्रवचन दिनु मेरो उद्देश्य होइन, त्यो त तपाईंले आफ्नो यौन क्रियाकलापको यात्रामा सिक्ने र अनुभव गर्ने कुरा हुन् । 

 

मेरो उद्देश्य ध्यानपूर्वक तयार पारिएको र लेखिएका केही कथाहरू तपाईंहरूलाई सुनाउनु हो । 

 

ती कथाहरू एउटा विषयमा केन्द्रित छन् तर हामी त्यसमा कायम रहन सकेनौँ किनकि यौन कसरी अगाडि बढ्छ भन्ने हामी सबैलाई थाहा छ । हरेक कथा वास्तविक जीवन जस्तै धेरै विषयहरूको सम्मिश्रण बनेको छ । 

 

यी कथाहरू जीवनको तत्वबोध गराउने खालका नहोऊन् भन्नेमा म सचेत भएकाले मैले तपाईंहरूलाई आफ्ना यौन बानी बेहोराको समीक्षा गर्न सम्झाउने मात्रै कोसिस गरेको छु । 

 

तपाईंका चरमोत्कर्ष जस्तै यी कथाहरू पढ्ने कार्य पनि आनन्ददायी होऊन् । 

 

सप्रेम 

 

आकृति 




कथा १: सहमतिको बारेमा 

 

यो कथा म युवा अवस्थाको हो जुनबेलामा म सोझी थिएँ । तर त्यति युवा पनि होइन कि तपाईं चिन्तित हुन थाल्नुहोस् ! म किशोरी अवस्थाबाट पार पाउँदै थिएँ र कानुनी रूपमा सहमतिमा यौन सम्पर्क राख्ने उमेर पुगेकी थिएँ । नेपालमा १८ वर्षभन्दा माथिको उमेरमा सहिमतिमा यौन सम्पर्क राख्न पाइन्छ । 

 

मैले माया गर्ने एकजना केटा साथी म बसेको ठाउँमा आएका थिए र हामीले कुनै एनिमेशन चलचित्र हेर्दै थियौँ । तपाईंहरूलाई भन्दा एनिमेसन मलाई मनपर्ने विधा होइन । मेरो ध्यान मेरो छेउ बसेको व्यक्तिले प्रदान गरिरहेको तापमा थियो । एकापसमा चल्ने, एनिमेसनको बारेमा झुठो उत्सुकतापछि हामीले यौन क्रियाकलापमा सुरू गर्‍यौँ । हामीले विस्तारै सुरु गरेको काम उत्तेजनातिर जाँदै थियो र हाम्रा हातहरू एक अर्काका शरीरको नाँपजाँच गर्दै थिए । हामीले लुगा नखोलीकनै एक अर्काको शरीर तलमाथि भएर घर्षण गर्दै थियौँ । त्यसपछि मलाई लाज लाग्यो, अलिक अप्ठ्यारो, हाँसोलाग्दो र डराएको जस्तो अनुभव भयो । मैले हाम्रो शरीरलाई बन्धनबाट छुटाएँ र मसँगै बस्ने साथी आउँदैछिन् भनेर उनलाई तत्कालै कोठाबाहिर जान भनेँ । उनले मलाई आफूसँग उनको कोठमा जाने भनेर सोधे । मैले जान्नँ भनेँ । 

 

त्यो रात त्यतिकै सकियो । 

 

अर्कोपटक मैले अलि बढी आँट गरेँ । र यो समयमा हामी उनको कोठमा थियौँ । हामीले केही भिडियोहरू हेर्दै थियौँ तर त्यस्तो अवस्थामा कसले भिडियो हेर्छ र ! र त्यसपछि हामी उही शरीर रापिलो हुने स्थितिमा पुग्यौँ । यसपटक हाम्रा कपडाहरू पनि फुकालिन थाले, हाम्रा हातहरू एकअर्काका शरीरमा अझ बढी साहसिला लाग्दथे । तर हरेक पटक उनले मलाई सोध्थे । उनले सोध्थे, “के यो ठिक छ?”, ‘के तिमी सहज महसुस गरिरहेकी छ्यौ ?’, ‘मैले रोकिनुपर्छ भने भन है ।’, ‘म यसलाई खोल्न सक्छु ?’ 

 

हरेक, पटक ।  

 

मैले यसभन्दा अगाडि यौन सम्पर्क नगरेको बताएँ । उनले मलाई सोधे, “मलाई त्यसको अर्थ के हुन्छ ?” मैले भनेँ, “मैले धेरै ध्यान दिएको छैन ।त्यसपछि मैले उसका मेरो शरीरभित्र उसका कुनै अंग छिराएर यौन सम्पर्क गर्न मन छैन भनेँ । मैले उसलाई मेरो योनिमा औँला छिराउन पनि दिइन् । मैले उनलाई कपडा खोलिएको आफ्नो शरीरको माथिल्लो भागमा चुम्बन गर्न दिएँ । मैले उनको लिंगको हस्तमैथुन गराई स्खलन गराएँ । त्यसपछि मलाई अलिक अप्ठ्यारो लागेर उनको कोठा छोडी हिँडेँ । 

 

मलाई बसेको हुन्थ्यो जस्तो लागेको थियो र उसले पनि बसोस् भन्ने चाहेको थियो । यौन सम्पर्कको बारेमा मेरो दिमागमा जे राखिएको थियो त्यसले मलाई त्यहाँबाट हिँड्न प्रेरित गर्‍यो । 

 

त्यसपछि यस्तै प्रकृतिका दुईटा भेटघाटपछि हामी एक आपसलाई भेट्न छोड्यौँ । तर पनि हामी ट्वीटरमा एक अर्कालाई पछ्याउँछौँ । 

 

______________________________________

यस कथाबाट तपाईंहरूले केही कुराहरू सिक्नुहोस् भन्ने लाग्छ र ती कुराहरू तल उल्लेख गरेको छु: 

 

१) सहमति - के उनले यस प्रक्रियामा हरेक पटक सहमति माग गरेको तपाईंले याद गर्नुभयो ? त्यसले पूरै अनुभवलाई अझै राम्रो बनायो । उनले हरेक पटक सोधी मैले सहज अनुभव गरिरहेको सुनिश्चित गरे । 

 

सहमितलाई बुझ्ने तरिका यस्तो छ । त्यो स्वतन्त्र रूपमा दिइएको, पूरै जानकारी पाइएको, परिवर्तन गर्न सकिने, उत्साहित भएर दिएको र निश्चित विषयमा दिइएको भनेर बुझ्नुपर्छ । 

 

सहमति दिने विषयमा कुनै व्यक्तिले गरेको निर्णलाई अन्य कुनै पक्षले प्रभावित पार्नुहुन्न । उदाहरणका लागि कुनै पनि व्यक्ति मद्यपानको प्रभावमा परेको बेलामा सहमति दिने वा उनीसँग यौन सम्पर्क गर्न चाहने व्यक्ति धनी, बढी उमेरको वा प्रभावशाली छ भन्ने जस्ता विषयले त्यसमा दबाब महसुुस हुने गरी गर्नुहुन्न । सम्बन्धित व्यक्तिहरूले उक्त सन्दर्भमा छुने भनेको के हो भन्ने प्रस्ट हुनुपर्छ । त्यो भनेको हात वा कुमतिर छुने हो कि यौनांगमा छुने हो भन्ने प्रस्ट हुनुपर्छ । 

 

दिइएको सहमति फिर्ता गर्न पनि मिल्छ र दुवै व्यक्तिहरू नाङ्गै भए पनि जुनसुकै बेलामा पनि खारेज गर्न सकिन्छ । त्यसका अलावा सहमति उत्साहपूर्वक रूपमा व्यक्त गरिएको हुनुपर्छ र यस्तो तरिकाले व्यक्त हुनुपर्छ, “हो, म यौन सम्पर्क गर्न चाहन्छु । म त्यसलाई समात्न चाहन्छु । म केही गर्न चाहन्छु ।

 

२) उनी र मेरोबिच धेरै कुरा हुँदैन्थ्यो । हामीले सँगै हेरेका भिडियोहरू मेरो रुचिका विषय थिएनन् तैपनि मैले त्यसमा सहभागी भएँ । हाम्रो अन्य विषयमा लय मिलेको पनि थिएन । जब मैले ठिकै छ भन्ने भाव त्यागेँ हाम्रो सम्बन्ध धेरै लामो समयसम्म जान्न भन्ने प्रस्टै थियो । हाम्रो सम्बन्धमा बाँकी रहेको कुरा शारीरिक सम्बन्ध मात्रै थियो र त्यो पनि ठिकै थियो किनकि त्यो हामी दुवैको सहमतिमै भएको थियो । मलाई सहमतिको स्वरूप कस्तो हुनुपर्छ भनेर सिकाएकाले म उनीप्रति कृतज्ञ छु । तर मलाई थाहा थियो कि यदि मैले अर्को व्यक्तिसँग लय मिलेको सम्बन्ध खोजेको हो भने मानिसहरूलाई खुसी पार्ने भूमिकालाई रोक्नुपर्छ । 

 

३) मलाई उनको स्खलन भएपछि नछोडेको भए हुन्थ्यो भन्ने लाग्छ । एकजना केटा स्खलित भएपछि उसले केही चाहँदैन भनेर हामीलाई सिकाइन्थ्यो र मैले पनि त्यही सिकाइको अनुसरण गरेँ । मलाई बस्न मन थियो तर म बसिनँ किनकि उसले मलाई जाओस् भन्ने चाहन्थ्यो भन्ने मेरो अनुमान रह्यो । उसले के चाहन्छ भनेर मैले अनुमान नलगाइकन मैले उसलाई सोधेको भए हुन्थ्यो जस्तो लाग्छ । 




कथा २: तपाईंले कसैसँग पनि केही दिनका लागि यौन सम्पर्क गर्नुपर्छ भन्ने छैन 

 

एकजना केटा र मेरो जोडी टिन्डरले मिलाइदिएको थियो । वर्षौँपछि हामीले सँगै बसेर पिउनका लागि भेट्यौँ । 

 

एकपछि अर्को कुरा हुँदै गए । नाचगानबाट सुरू हुँदै हामीले चुम्बन साँटासाँट गर्दै थियौँ र त्यसपछि मैले सम्झेको अर्को क्षण भनेको मेरो खाटमा हामी दुवै नाङ्गै रहेको अवस्थामा ब्युँझिएको । 

 

मातेको अवस्थामा मैले उनलाई मैले मेरो साथीसँग साझा गरेको शयनकक्षमा लगेछु । उनको मेरो साथीसँग के अन्तरक्रिया भयो वा त्यहाँ के भयो भन्ने मलाई थाहा छैन । मसँग बस्ने साथी तथा मसँग भेट्न आएको व्यक्ति दुवैलाई अप्ठ्यारो स्थितिमा पारेकोमा मलाई दोषी भएको जस्तो लाग्यो । 

 

मैले मेरो साथीसँग कुरा मिलाएँ तर मसँग त्यो दिन भेट्न आएको व्यक्तिसँग कसरी माफी माग्ने भन्ने मलाई थाहा थिएन । मैले आफ्नो व्यवहारको लागि त माफी मागेँ र हामीले त्यसपछि पनि धेरै पटक भेट गर्‍यौँ । 

 

त्यसको दुई महिनापछि पुगौँ । मैले उनलाई मेरो कोठामा बोलाएँ । म होशमै भएको अवस्थामा हाम्रो यौन सम्बन्ध भयो । 

 

मैले त्यस सम्बन्धको बारेमा सोच्दा उनलाई अप्ठ्यारो स्थितिमा पारेकोमा आफैँलाई दोषी ठान्दै उनलाई मेरो कोठामा बोलाएको थिएँ । 

 

मैले उनीसँग यौन सम्पर्क गर्नुपर्छ भन्ने मेरो मनमा थियो । 

 

__________________________________________

 

यस कथाबाट तपाईंहरूले केही कुराहरू सिक्नुहोस् भन्ने लाग्छ र ती कुराहरू तल उल्लेख गरेको छु:

 

१) आफूले पिउने पेय पदार्थहरूको व्यवस्थापन गर्न सिक्नुहोस् । मद्यपान गर्न प्रशस्त पानी पिउनुहोस् । मद्यपान गर्नु अगाडि, मद्यपान गर्दा तथा त्यसको पछाडि पनि खानेकुरा खानुहोस् । सबै कुरा पहिलो भेटमा नै सकाउन नखोज्नुहोस् । त्यो रात मेरो स्थिति एकदमै नराम्रो हुन सक्थ्यो किनकि यदि मैले भेटेको व्यक्ति राम्रो मान्छे नभएको भए मेरो लागि त्यो अवस्था एकदमै खतरनाक हुन सक्थ्यो । 

 

२) आफ्नो यौन चाहनाहरूलाई व्यक्त गर्न मद्यपानको भर पर्नु स्वस्थ बानी होइन । 

 

३) तपाईंले कसैसँग पनि केही दिनका लागि यौन सम्पर्क गर्नुपर्छ भन्ने छैन । तपाईंले यौनजन्य सन्देशहरू आदानप्रदान गरिरहनु भएको भए पनि, तपाईंको खाना तथा पेय पदार्थहरूको लागि उनीहरूले पैसा तिरिदिएको भए पनि वा तपाईंले उनलाई उत्तेजित बनाइदिनु भएको भए पनि, तपाईंहरूले महिनौँदेखि भेटिरहनुभएको भए पनि, तपाईंहरूले चुम्बन गर्नुभएको भए पनि, तपाईंले आफ्ना लुगाहरू फुकाल्नुभएको भए पनि, तपाईंले अगाडि यौन सम्बन्ध राख्नुभएको भए पनि, तपाईंले त्यसको संकेत गरिरहनुभएको भए पनि, तपाईंले उनीहरूलाई आफ्नो कोठमा निमन्त्रणा गर्नुभएको भए पनि, तपाईं उनको घरमा जानुभएको भए पनि, तपाईंहरू उत्तेजित भएर यौन सम्पर्क गरिरहेको अवस्थाको बिचमा भए पनि तपाईंले कसैसँग पनि केही दिनका लागि यौन सम्पर्क राख्नुपर्छ भन्ने छैन । 




६.

कथा ३: यौन सम्पर्क भनेको लिंग भित्र छिराउने मात्रै होइन 

 

म कहिलेकाँही उनको बारेमा सोच्थेँ । उनको गाढा कालो कपाल, उनका आँखीभौँमथिसम्म झरेका खस्रा कपाल, उनको पातलो शरीर, लवाइमा उनको चेत र सधैँ नै देखाउने उनको नाइटो । उनीबस्ने कोठाहरूमा उनका कलात्मक अभिव्यक्तिहरू प्रशस्तै देखिन्थे । पुतलीको शरीरको गिँडमा कागजबाट बनाइएका लुगा लगाइएको । उनी फेसनमा नाम चलेकी व्यक्ति थिइन् । 

 

उनी बस्ने ठाउँमा उनका केटी साथीहरूको समूह थियो । उनी बृश्चिक राशिकी, म मकर । मेरो टाउकोमा एउटा चिह्न थियो । 

 

राती भएपछि हामी क्लबहरूमा गयौँ र फर्केर एउटै खाटमा सुत्यौँ । मैले उनलाई चुम्बन गरेँ र उनले पनि मलाई चुम्बन गरिन् । हाम्रा लुगाहरू झर्न थाले । हाम्रा हातहरू एक अर्काका शरीरभरि खेल्न थाले । स्तनहरू चुसिए, स्तनको मुन्टाहरू दबाइए । भाइब्रेटर चलाइए । 

 

तपाईं भन्नुस् त, हामीले यौन सम्पर्क गर्‍यौँ त

__________________________________________

तपाईंले सोचिरहेको कुरालाई यहीँ रोक्छु है त । 

 

तीनचोटि लामो सास फेर्नुस् त । गनेर सातसम्म नपुगिञ्जेल स्वास लिनुहोस् । त्यसपछि फेरि चारसम्म गन्ती नपुगिञ्जेलसम्म स्वास रोक्नुहोस् । त्यसपछि आठसम्म नगनिञ्जेसम्म स्वास बाहिर फाल्नुहोस् । स्वास फेर्ने यस अभ्यासलाई दुईपटक दोहोर्‍याउनुहोस् । 

 

अब यौन सम्पर्कको बारेमा कल्पना गरौँ । जब तपाईंले यौन सम्पर्कको बारेमाा सोच्नुहुन्छ, तपाईंको दिमागमा के कुरा आउँछ । इमानदार बन्नुहोस् है । 

  • लिंग र योनि ? योनिभित्र लिंग छिरेको

 

औँला छिराएको वा गुदद्वारमा गरिने सहबास वा लिंगलाई मुखमा राखेर गरिने यौन क्रिया ?

यौन सम्पर्क भनेको योनिमा लिंग छिराउने मात्रै क्रिया होइन । 

 

यौन सम्पर्क गर्दा सधैँ योनिमा लिंग छिराउनुपर्छ भन्ने छैन । धेरै व्यक्तिहरूका लागि यौन सम्पर्क गर्दा लिंग छिराउने क्रियाकलाप हुँदैन । क्वेर जोडीका लागि यौन सम्पर्क जन्मानुसारको लिंग भएका फरक लिंगीबिच हुने यौन सम्पर्कको क्रियाभन्दा धेरै नै फरक हुन्छ । 

 

चुम्बन गर्नु, यौन अंगहरू एकापसमा घर्षण गराउनु, एक अर्काको हस्तमैथुन गराउनु, मसाज गर्नु, यौन खेलौनाहरूको प्रयोग गर्नु, मुखमा यौन क्रिया गर्नु, गुदद्वारमा यौन क्रिया गर्नुलाई बाह्य समागम क्रियाकलाप भनिन्छ । बाह्य समागम क्रियामा योनिमा लिंग छिराइन्न । 

 

खासमा अधिकांश महिलाहरूलाई योनिमा लिंग छिराउँदा मात्रै चरमोत्कर्ष हुन्न र उनीहरूको भगांकुरलाई उत्तेजित बनाउनुपर्छ । भगांकुरलाई उत्तेजित बनाउन औंलाहरू, हात, मुख, जिब्रो वा यौन खेलौनाहरूको प्रयोगले वा त्यस्तै अन्य सिर्जनात्मक तरिकाले चरमोत्कर्षमा पुगिन्छ र त्यसका लागि लिंग योनिमा छिराउन नपर्ने हुन सक्छ । 

 

त्यसैले यौन सम्पर्क भनेको लिंगलाई योनिमा छिराउने क्रिया मात्रै होइन । 




७.

 

कथा ४: यौन सम्पर्कका बारेमा रहेका १५ भ्रमहरूको निवारण गर्ने 

 

यौन सम्पर्क भनेको समयसँगै सिक्ने सीप हो । 

 

कोही पनि जन्मदै राम्रो यौन सम्पर्क गर्ने भएर जन्मन्न । आफूले यौन सम्पर्क गर्ने एउटा व्यक्तिलाई उपयुक्त हुने विधि अर्कोलाई उपयुक्त नलाग्न सक्छ । यौन सम्पर्क सञ्चारमा आधारित एउटा सीप हो । 

 

जब मानिसहरूले सञ्चार गर्दैनन् त्यसपछि यौन सम्पर्क रमाइलो हुन्न । 

 

मैले इन्स्टाग्राममा गएर मानिसहरूलाई उनीहरूले सुनेका यौन सम्बन्धी भ्रमहरू लेख्नआग्रह गरेँ । जबाफ लेख्ने व्यक्तिहरू थोरै थिए तर भ्रमहरू बृहत् रूपमा टाढासम्म फैलिएका हुन्छन् । र हामी ती भ्रमहरूलाई यहीँ निवारण गर्छौँ । 

 

१. तपाईंले बढी यौन सम्पर्क गर्नुभयो भने तपाईंको योनिका मांशपेशीहरू खुकुला हुन्छन् । जति बढी यौन सम्पर्क त्यति नै बढी खुकुलो योनि 

 

यो कुरा होइन । तपाईंले यौन सम्पर्क गर्दा हुने उत्तेजनामा योनिका मांशपेशीहरू खुकुला हुन्छन् जसले लिंगलाई योनिमा छिराउन सजिलो हुन्छ । र यी मांशपेशीहरू विस्तारै खुकुला हुन्छन् । त्यसैले लिंग छिराउनु अगाडि यौन क्रियाकलापको आवश्यकता पर्छ । 

 

यौन सम्पर्कपछि योनि अगाडिकै आकार तथा तन्काइमा फर्कन्छन् । यौन सम्पर्क गर्दा योनिका मांशपेशीहरू खुकुला हुन्छन् भन्ने प्रमाण छैन । 

 

यौन सम्पर्कभन्दा अगाडि, सम्पर्कको समयमा र सम्पर्कपछि योनि अस्थायी रूपमा बढी खुल्ला हुन्छ । त्यो भनेको खाँदा वा हाई गर्दा मुख ठूलो भएर आफ्नो आकारमा फर्किए जस्तै हो । 

 

२. यौनिको झिल्ली तोडिनु भनेको कुमारित्व गुमाउनु हो । 

 

लिंग योनिमा छिराएर पहिलो यौन सम्पर्क गर्दा योनिको झिल्ली तोडिने र उक्त झिल्ली तोडिँदा रगत आउने कुराको बारेमा भ्रम छ । त्यसो हुँदा महिलाले कुमारित्व गुमाएको प्रमाण हुन्छ । यी सबै भ्रम हुन् । 

 

३. यौन क्रियाकलापमा सक्रिय महिलाले राम्रf श्रीमान् पाउन्नन् । 

 

हा ! हा ! हा !

 

मेरो विचारमा यो भनाइ ती असुरक्षित पुरुषहरूले फैलाएका हुन् जो आफ्नै यौनिकतालाई स्वामित्वमा लिने महिलाहरूलबाट तर्सिने गर्छन् । 

 

यौन सम्पर्क गर्न सक्रिय महिलाहरूले आफूलाई आनन्दायी कुराहरूको बारेमा राम्रो बुझाइ हुन्छ । उनीहरूले आफूलाई कस्तो यौन जीवन चाहिएको हो, उनीहरूको लागि के उपयुक्त हुन्छ र के हुन्न भन्ने बारेमा बढी सचेत हुन्छन् । 

 

जब महिला यौन सम्पर्कमा सक्रिय हुन्छिन् उनले आफ्नो आवश्यकता बढी राम्रोसँग सञ्चार गर्ने सम्भावना हुन्छ । असल पति बन्नका लागि उनले आफूले यौन सम्पर्क गर्ने व्यक्तिको आवश्यकताको बारेमा राम्रोसँग सुन्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्ने क्षमता पनि हुनुपर्छ । 

 

पुरुषहरूले महिलाहरूको यौन आवश्यकतालाई परिपूर्ति गर्न सकेनन् भने उनीहरूले आफ्नो यौन कार्यमा रहेको असक्षमतालाई स्वीकार्नुपर्छ । यसले पुरुषहरूलाई बढी असुरक्षित बनाउन सक्छ र उनीहरूको अहम्‌मा चोट पर्न सक्छ । 

 

र आफ्नो अहम्‌लाई जोगाउन उनीहरूले नयाँ कथन बनाउँछन्, “यौन क्रियाकलापमा सक्रिय महिलाले राम्रf श्रीमान् पाउन्नन् ।

 

र योनिको झिल्ली कायम रहनुपर्छ भन्नेमा रहेको जोड तथा कुमारीत्वसँगका भ्रमहरूले उक्त उल्लु विचारलाई अझ बढावा दिन्छ । 

 

४. यौन सम्पर्कको बेलामा माथि रहेकी महिला भनेको उनको शक्तिलाई नजरअन्दाज गर्ने महिला हो । 

 

कसरी भनेर मैले बुझ्न सकेकी छैन । 

 

पुरुष माथि हुँदा राम्रो हुने र ऊ शक्तिशाली हुने । उसको पुरुषत्वको बराेमा धेरै चर्चा हुन्छ र उसलाई प्रेरणादायी भनिन्छ । 

 

तर महिला माथि भएको अवस्था चाहिँ उसको शक्तिलाई नजरअन्दाज गरेको हुने । 

 

महिलाले आफ्नो शक्तिको रक्षा गर्न सधेँ तलै बस्नुपर्ने बुझाइ रोचक नै लाग्यो । यौन सम्पर्क महिलालाई गरिने हो भन्ने कथनलाई बढावा दिन्छ । 

 

यस विचारलाई व्यंग गर्दै थप्न मन लागेको कुरा चाहिँ यदि दुई जना महिलाहरूले यौन सम्पर्क गर्दैछन् भने के भन्ने ? कोही त माथि हुनुपर्‍यो नि, हैन ? कि एक अर्काको छेउमा रहेर यौन सम्पर्क राख्न मात्रै मिल्ने हो ?

 

५. 

 

कसैले आफ्नो कुमारीत्व गुमायो भने उसको पूरै व्यक्तित्वमा परिवर्तन हुन्छ । 

 

होइन । यसको प्रमाण कहाँ छ

 

मलाई चाहिँ यौन सम्पर्कले हाम्रा बुबाआमाको व्यक्तित्वमा परिवर्तन गरेन किनकि उनीहरूको हुर्काइको वातावरणले गर्दा उनीहरूले विवाहपूर्व यौन सम्पर्क गरेका थिएनन् । 

 

तर भन्नुस्, यो कुरा महिला र पुरुष दुवैलाई बराबर लागु हुन्छ

 

सम्भवत: जिम्मेवारीको भारीले दुवैको व्यक्तित्वमा परिवर्तन आउँछ न कि पहिलोपटकको यौन सम्पर्कले । 

 

६. सधै पुरुषहरूले नै यौन सम्पर्कको सुरुवात गर्नुपर्छ । 

 

पर्दैन । महिला, गैरद्वयसांख्यिक व्यक्तिहरू जसले पनि यौन सम्पर्कको सुरुवात गर्न सक्छन् । 

 

७. पहिलोपटक यौन सम्पर्क गर्दा सधैँ दुख्छ । 

 

पहिलो पटकको यौन सम्पर्कले सबैलाई दुख्छ भन्ने छंन । मलाई पनि दुखेको थिएन र मेरा धेरै साथीहरूलाई पनि नदुखेको बताउँछन् । महत्त्वपूर्ण कुरा भनेको चिप्लो बनाउने हो र तपाईं उत्तेजित हुनु हो । यदि आवश्यकता परेमा चिप्लो बनाउने क्रिम आदिको प्रयोग गर्नुहोस् । 

 

८. यौन सम्पर्कले तपाईंको वजन बढ्छ, तपाईंको शरीर बूढ्यौली हुने दर चाँडो हुन्छ र तपाईंका स्तनहरू बढ्छ । 

 

यी कुनै पनि कुरा होइनन् । तपाईंको शरीर कस्तो देखिन्छ भन्ने कुरा यौन सम्पर्कले निर्धारण गर्ने कुरा होइन । यौन सम्पर्कले तपाईंको वजन बढ्ने पनि होइन । 

 

वास्तवमा इन्डोमर्फिन्स तथा अक्सिटोसिन जस्ता खुसीसँग सम्बन्धित हर्मोनहरू यौन सम्पर्कको समयमा शरीरले उत्पादन गर्छ । ती हर्मोनहरूले दिमागमा रहेको आनन्द दिने केन्द्रलाई सक्रिय बनाउँछ । खासमा सक्रिय यौन जीवनले तपाईंको बाँच्ने उमेर बढ्न योगदान गर्छ । 

 

९. यौन सम्पर्क अविवाहित महिलाहरूको लागि अनुपयुक्त हो । 

 

अविवाहित महिलाहरूलाई मात्रै !

 

साँघुरो योनितथा  “योनि झिल्लीनफाटेको महिला पाउन पुरुषहरूले रचेको अर्को भ्रम हो । 

 

१०. महिलाहरू यौन सम्पर्कपछि अपवित्र हुन्छन् । 

 

महिलाहरूलाई नियन्त्रण गर्न यौन सम्पर्कमा अपवित्रालाई जोडेका हुन् । 

 

११. महिलाहरूले चरमोत्कर्षमा पुग्ने धेरै चल्तीको तरिका भनेको लिंग योनिमा छिराएर गरिने किसिमको यौन सम्पर्क हो । 

 

धेरै महिलाहरू लिंग योनिमा छिराएर गरिने किसिमको यौन सम्पर्कबाट चरमोत्कर्षमा पुग्दैनन् र उनीहरूको भंगाकुरलाई उत्तेजित बनाउनुपर्छ । महिलाहरू चरमोत्कर्षमा पुग्ने सबभन्दा कम चल्तीको तरकि भनेको लिंग योनिमा छिराएर गरिने किसिमको यौन सम्पर्क हो । 

 

१२. तपाईंले आफूलाई विवाहसम्म जोगाएर राख्नुपर्छ । 

 

यदि तपाईंले त्यस्तो गर्ने इच्छा छ भने त ठिकै हो । तर यदि तपाईंलाई विवाह पूर्व यौन सम्पर्क गर्न मन छ भने त्यो पनि उत्तिकै ठिक छ । 

 

१३. महिलाहरू स्खलित हुँदैनन् । 

महिलाहरू पनि स्खलित हुन्छन् । महिलाहरू स्खलित हुँदा पातलो दूध जस्तो देखिने बाक्लो, सेतो तरल पदार्थ शरीरबाट निकाल्छन् । कतिपय अवस्थामा त्यस्तो तरल पदार्थ पानीजस्तै सफा पनि हुन्छ । 

 

महिलाको ग्रन्थी समेत भनिने स्केनको ग्रन्थी योनिको बाहिरी भागमा हुन्छ जसले पिसाब नलीलाई ढाकेको हुन्छ । तिनीहरूको खुल्ला रहने एउटा भागबाट स्खलित हुने तरल पदार्थ बाहिर निस्कन्छ । 

 

१४. यौन सम्पर्क गरेपछि महिलाहरूको चमक हराउँछ । 

 

होइन । यो पनि महिलाहरूकव यौन अन्वेषणलाई रोक्ने अर्को प्रयास हो । 

 

१५. यौन सम्पर्कभन्दा अगाडि उत्तेजित गराउन गरिने क्रियाकलाप यौनिक गतिविधि होइन । 

 

यौन सम्पर्कभन्दा अगाडि उत्तेजित गराउन गरिने क्रियाकलापहरू यौनिक गतिविधि हुन् । उक्त क्रियाकलापमा शारीरिक तथा भावनात्मक रूपमा यौन सम्पर्कमा रहने व्यक्तिहरूले एक अर्कालाई उत्तेजित बनाउन पर्छन् । त्यसो भन्दै गर्दा यौन सम्पर्कभन्दा अगाडि उत्तेजित गराउन गरिने क्रियाकलाप नै आनन्ददायी हुन्छन् र यौन सम्पर्क गर्नैपर्छ भन्ने छैन । 

 

उदाहरणका लागि चुम्बन गर्दा अक्सिटोसिन, डोपामिन तथा सेरोटिन जस्ता हर्मोनहरू शरीरले उत्पादन गर्छन् । ती हर्मोनहरूले तनावसँग सम्बन्धित हर्मोन कोर्टिसोलको मात्रा कम गर्छन् र प्रेम, नजिकपनको भावना तथा आनन्दका भावनाहरू बढाउँछन् । 




८.

 

कथा ५: परिवार नियोजनका साधनहरू 

 

कुनै सम्बन्धमा परिवार नियोजनका साधनहरू किन्ने जिम्मेवारी कसको हो

कुनै सम्बन्धमा परिवार नियोजनका साधनहरू प्रयोग गर्ने जिम्मेवारी कसको हो

परिवार नियोजनका साधनहरू असफल भए भने त्यसपछिको जिम्मेवारी कसको हो

 

यौन सम्पर्कको बारेमा कुराकानी गर्दा परिवार नियोजनका साधनहरूको बारेमा पनि कुरा गर्नुपर्छ । यौन सम्पर्क गज्जब हुन्छ र हुन सक्छ तर कहिलेकाँही त्यसले तपाईंले नसोचेका परिणामा पनि ल्याउन सक्छन् । उदाहरणका लागि तपाईंको गर्भ रहन सक्छ वा तपाईंलाई यौन रोग लाग्न सक्छ । विशेष गरी यदि तपाईंले बन्धनमा नपर्ने सम्बन्धमा यौन सम्पर्क गर्दै हुनुहुन्छ भने परिवार नियोजनका साधनहरूको उपयोग अनिवार्य हुन्छ । आफूले यौन सम्पर्क गर्ने व्यक्तिसँग उक्त कार्य गर्नु अगाडि नै त्यसको बारेमा कुराकानी गर्दा तपाईंको सम्बन्ध अझ बढी इमानदार हुन्छ । 

 

यदि तपाईं फार्मेसीमा गएर कण्डम किन्न तयार हुनुहुन्न भने तपाईं यौन सम्पर्कको लागि पनि तयार हुनुहुन्न । 

 

सबभन्दा चल्तीमा रहेका परिवार नियोजनका साधनहरू कण्डम तथा चक्की औषधी हुन् । लिंग योनिमा पसाएर गरिने यौन सम्पर्कका लागि बासनादार कण्डम उपयुक्त होइन । 

 

परिवार नियोजनका लागि हर्मोन भएका चक्कीहरू तथा आकस्मिक परिवार नियोजनका चक्कीहरू गरी दुई खालका चक्की औषधीहरू उपलब्ध छन् । हर्मोन हुने चक्कीहरूमा इस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोनहरू हुन्छन् र औषधी दिने व्यक्तिले भने बमोजिम खानुपर्छ । हर्मोन हुने चक्कीहरू सुरक्षित भए पनि त्यसको सेवन गर्दा महिलाहरूको शरीरमा थप असरहरू देखिन्छन् । त्यसमा प्राय: देखिने थप असरहरूमा अनियमित महिनाबारी. वाकवाकी लाग्ने, वान्ता आउने, शरीर मोटाउने तथा स्तरन सुन्निने पर्छन् ।  

 

दोस्रो योजनाको चक्की वा यौन सम्पर्क गरेपछि प्रयोग गर्ने चक्कीहरूको उपयोग असुरक्षित यौन सम्पर्क गरेको तीन दिनभित्र गरेमा महिलाको गर्भवती हुने सम्भावनालाई ७५-८० प्रतिशतले कम गर्छ । जति चाँडो त्यसको सेवन गर्‍यो त्यो औषधी त्यति नै प्रभावकारी हुन्छ । यदि कोही ७४ किलोग्रामभन्दा बढी वजन भएको व्यक्तिले यसको प्रयोग गरेमा यसले काम नगर्न सक्छ । कस्तो किसिमको आप्तकालीन परिवार नियोजनका साधनहरू तपाईंका लागि उपयुक्त हुन सक्छ भन्ने बारेमा यो लिंकमा दिइएका प्रश्नहरूको जबाफबाट थाहा पाउन सक्नुहुन्छ । 

 

कण्डम तथा मुखबाट खाने चक्कीहरूका अलावा पाठेघरमा राख्ने साधन, फेमिडोम, परिवार नियोजनका सूईहरू, परिवार नियोजनका पोकाहरू जस्ता अन्य परिवार नियोजनका साधनहरू पनि हुन्छन् । पाखुरामा राखिने साधनम जस्ता कतिपय साधनहरूमा हर्मोन हुन्छन् र तिनीहरूले महिनाबारी रोक्छन् । परिवार नियोजनका साधनहरूको प्रभावकारी समयसीमामा फरक हुन्छ । कति सुईहरू तीन महिनासम्म प्रभाकारी हुन्छन् भने पाठेघरमा राखिने साधनहरू तीनदेखि दश वर्षसम्म प्रभावकारी हुन्छन् । 

 

विभिन्न किसिमका परिवार नियोजनका साधनहरूको बारेमा थप जानकारीका लागि यो लिंकमा जानुहोस् । 

 

परिवार नियोजनका धेरै साधनहरू औषधी पसलमा गएर चिकित्सकको सिफारिस विना नै किन्न पाइन्छ । 

 

नेपालीहरूले परिवार नियोजनका साधनहरू किनेका घटनाहरूको बारेमा मसँग साझा गरिएका दुईटा कथाहरू यहाँ उल्लेख गरेको छु । कुनै कथामा दुर्व्यवहार तथा हिंसाका कुराहरू पनि छन् । 

 

यौन हिंसा तथा चक्कीहरू

मलाई पहिलोपटक १२ वर्षको उमेरमा यौन हिंसा भएदेखि यौन सम्पर्क भएपछि खाने चक्की किनेको छु । मलाई कसैले पनि मूल्यांकन गर्न खोजेको जस्तो पनि लागेन र कहिले पनि त्यसको बारेमा वास्ता गरिनँ । साँच्चे भन्नुपर्दा गर्भ रहेको बारेमा परीक्षण गर्ने साधनहरू किन्दा चाहिँ गाह्रो हुन्थ्यो किनकि स्कूलको पोशाकमा त्यो किन्नुपर्थ्यो । स्कूलबाट घर फर्किँदा मात्रै मैले त्यो किन्ने अवसर पाउँथेँ । मेरो घर छेउको खाली जग्गामा गर्भ परीक्षण गर्ने साधन तथा यौन सम्पर्क गरेपछि गर्भ रहन नदिने औषधीका खोलहरू धेरै फालेको छु । 

 

एकपटकको घटना म झलझली सम्झन्छु । मैले मेरी नाताकी बहिनीको लागि गर्भ रहेको परीक्षण गर्ने साधन किनिरहेको थिएँ । त्यो बेलामा औषधी पसलेले मलाई केही गरी चाहिन सक्ने भएकाले गर्भपतनको चक्की पनि दिऊँ भने । मलाई त्यसको बारेमा केही पनि थाहा नभएकाले मैले भनेँ, “पहिलो कुरा त यो मेरो लागि होइन र दोस्रो कुरा त्यसले के गर्छ भन्ने मलाई थाहा छैनज ।तर एउटा अधबैँसे पुरुषले विना कुनै लाञ्छना त्यो भनेको र म मार्फत मेरी बहिनीलाई सहयोग गर्न सक्ने सेवा दिएको कुरा म वयस्क भएपछि सम्झन्छु । मेरो उमेर बढ्दै जाँदा उक्त सेवालाई म बेलाबेलामा सम्झन्छु । त्यो पसलेले अरूलाई पनि विना लाञ्छना सेवा दिइरहेको होला भन्ने आशा राखेको छु । 

बाँ

सामान्य सम्बन्धमा पनि यौन सम्पर्क गर्ने 

म कुनै क्लिनिकमा एउटा चक्की किन्न गएकी थिएँ र मैले पसलेलाई आजकल कति जना यस्तो चक्की किन्न आउँछन् भनी सोधेँ । आजकल सामान्य सम्बन्धमा पनि नेपालमा यौन सम्पर्क गर्ने चलन धेरै चल्तीको भएकाले यस्ता औषधी धेरै बिक्री हुन्छन् भनी त्यहाँ काम गर्नेले भने । उनले मलाई बताउँदै भन्न थाले कि यसको दोष केटीहरूलाई दिनुपर्छ किनकि उनीहरूले कण्डम लगाउनुपर्थ्यो आदि इत्यादि । उनले मलाई व्यक्तिगत प्रश्नहरू सोध्न थाले र त्यही बेलामा अर्का एकजना ग्राहक आएकाले म बाहिर निस्कन पाएँ । त्यो अप्ठ्यारो अवस्थाबाट मलाई मुक्ति मिल्यो किनकि मैले उनलाई चूप लाग भन्न सक्ने अवस्था थिएन । 

 

परिवार नियोजनका साधनका बारेमा रहेका भ्रमहरू 

 

परिवार नियोजनका साधनले बाँझोपन निम्त्याउँछ । यदि पुरुषहरूले परिवार नियोजनका साधनहरुको प्रयोग गरे भने देउता रिसाउँछन् । 

 

परिवार नियोजनका साधन किन्दा लैंगिक रूपमा मूल्यांकन गरेको अनुभूति 

 

मैले जतिपटक परिवार नियोजनका साधन किनेँ त्यतिपटक नै मेरो मूल्यांकन गरिएको मैले महसुस गरेँ । र त्यो काम औषधी पसलमा काम गर्ने महिलाहरूबाट भएको पाएको छु । र गर्भ रहेको परीक्षण गर्ने साधन किन्दा पनि उस्त‌ै व्यवहार भएको पाएको छु । एकपटक एकजना महिलाले मलाई कण्डम दिँदा पत्रिकामा बेरेर अन्य ग्राहकहरूले नदेख्ने गरी दिएकी थिइन् । मलाई लाज लाग्ने वा अप्ठ्यारो हुने केही थिएन तर उने के कारणले हो त्यसलाई लुकाइन् । त्यसले महिलाहरू यौन सम्पर्कको बारेमा अगाडि बढ्ने वा खुला हुनु हुन्न भन्ने अपेक्षा देखाउँछ । त्यसको साँटो हामीले ती कामहरू गोप्य रूपमा गरून् भन्ने अपेक्षा राखिन्छ । अर्कोतर्फ मसँग यौन सम्पर्क राख्ने पुरुषले चाहिँ उसलाई मूल्यांकन नगरीकन ती सबै काम गर्छ । 

 

मेरी स्टोप्सको नेपालका धेरै ठाउँमा शाखाहरू रहेका छन् र त्यहाँबाट नि: शुल्क परिवार नियोजनका साधनहरू पाइन्छन् । तपाईंलाई मूल्यांकन नगरीकन विश्वसनीय जानकारी पाउनका लागि त्यसका शाखाहरूमा जानुहोस् । 




९. कथा ६: यौन हिंसालाई रोक्न यौनजन्य भिडियोको प्रसारण बन्द गर्नु अविवेकी कदम 

 

नेपालमा बृहत् रूपमा यौनिक शिक्षाको आवश्यकतालाई सम्बोधन नगरी तथा बलात्कारको संस्कृतिलाई नभत्काई यौनजन्य भिडियोको प्रसारण बन्द गर्नु पर्याप्त छैन । 

 

निर्मला पन्त तथा भागरथी भट्टलाई बलात्कार गरिएको सन्दर्भमा आम नेपालीहरूले व्यक्त गरेको सामाजिक तथा राजनीतिक विरोधलाई मध्यनजर गरी २०७५ असोज ५ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रलायले नेपालमा डिजिटल यौनजन्य भिडियोको प्रसारणमा रोक लगायो । 

 

नेपालको मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२१ लाई उद्धृत गर्दै सरकारलेइन्टरनेटले यौनजन्य अश्लील भिडियोहरू हेर्न झन् सजिलो बनाएको छ, नेपाली समाजको सामाजिक मूल्य तथा विश्वासलाई धक्का दिएको छ र त्यसले यौन हिंसा तथा क्षति पुर्‍याउने अभ्यासहरूलाई बढावा दिएको छ ।भन्दै सरकारले यौन हिंसाको विरुद्ध कदम चाल्न सम्पूर्ण रूपमा प्रसारण गर्न नपाइने भनी बन्देज लगाएको छ । उक्त कदमलाई मुख्य विषयबाट ध्यान बिकेन्द्रित गर्ने कदम भएको र समाधान नभएको भनी आलोचना गरिएको छ । 

 

च्वाइस फर युथ एन्ड सेक्सुयालिटीकी आनन्द अभियन्ता अनुज्ञा कुँवरले भनिन्, “यौनजन्य भिडियोहरूको प्रसारणलाई बन्द गर्नु सजिलो समाधान भयो । नेपालमा के कारणले यौन हिंसाका घटनाहरू बढिरहेका हुन् भन्ने विषयमा कुनै अध्ययन वा कुनै निश्चित आधार नभइकन यो बन्द गर्ने निर्णय गरिएको छ र त्यो आम नागरिकहरूको चर्को आक्रोशप्रतिको प्रतिक्रिया मात्रै हो ।” 

 

यौनजन्य भिडियोहरू देखाउने वेबसाइटहरू बन्द गर्ने सरकारी निर्णयपछि पनि यौन हिंसाका घटनाहरूमा कमी आएको छैन । 

 

नेपाल प्रहरीको तथ्याङ्कले देखाए अनुसार यौनजन्य भिडियोहरू देखाउने वेबसाइटहरू बन्द गर्ने सरकारी निर्णयपछि बलात्कारका घटनाहरूमा ४४.८६ प्रतिशतले कमी आएको छ । 

 

ओरेक नेपालका अनुसार दैनिक रूपमा सरदरमा सात जना महिलाहरू नेपालमा बलात्कृत हुन्छन् । सन् २०२० को मार्चदेखि अगस्टसम्म बन्दाबन्दी रहेको अवस्थामा १,२२१ बालिका तथा महिलाहरूको बलात्कार भएको थियो । 

 

महिला पुनर्स्थापना केन्द्र, ओरेककी वरिष्ठ कार्यक्रम प्रमुख लक्ष्मी अर्यालले भन्नुभयो, “एकजना १५ वर्षीया किशोरीलाई उनकै बुबाले बलात्कार गरे र त्यसको बारेमा उनले आफ्नी आमालाई समेत भन्न सकिनन् । जब ती किशोरीले बच्चा जन्माउने बेला भयो तबमात्र उनीहरूले त्यसको बारेमा थाहा पाए । आमाले आफूले सामना गर्नुपरेका यौन हिंसाका घटनाहरूको बारेमा कहिले पनि कुराकानी नगर्ने भएकाले उनकी छोरीले पनि त्यही व्यक्तिबाट हिंसा भोग्नुपर्‍यो ।

 

यौन हिंसाका ८० प्रतिशत घटनाहरूमा पीडकहरू पीडितले चिने जानेको व्यक्ति हुन्छन् वा नजिकै बस्छन् र पचास प्रतिशत जति घटनाहरू घरमै हुन्छन् । 

 

त्यसैले यौनजन्य भिडियोहरू देखाउने वेबसाइटहरू बन्द गर्ने सरकारी निर्णय यौन हिंसालाई नियन्त्रण गर्ने असफल कदम जस्तो देखिन्छ । 

 

यौनजन्य भिडियोहरू देखाउने वेबसाइटहरू बन्द गर्ने सरकारी निर्णय कुनै अध्ययन वा तथ्याङ्कीय आधार बिना नै भएको भए पनि यौनजन्य भिडियोहरूले वास्तविकतलाई बङ्ग्याएर वा गलत ढंगले देखाउँछ । त्यसले अभौतिक अनुभव गर्ने अवसर दिन्छन् जसलाई वास्तविक जीवनमा पनि लागु गरिन्छ । 

 

यौनजन्य भिडियोहरूले महिलालाई एउटा उत्पादनको रूपमा व्यवहार गर्छ र बस्तुकरण गर्छ । यसले महिलाहरूलाई तल्लो तहको बनाउने मात्रै होइन उनीहरूलाई अमानवीकरण गर्छ । मानिसहरूले यौनजन्य भिडियोहरूमा देखेका दृश्यहरूलाई वास्तविक जीवनमा पनि लागु गर्न खोज्छन् जसले गर्दा धेरै किसिमका यौनिक हिंसा हुन्छन्भन्छिन् डिजिटल सामग्री उत्पादक र नारीवादी, अस्मिता कोइराला । उनी @wabi.sabi.society भन्ने ह्यान्डलबाट इन्स्टाग्राम चलाउँछिन् जहाँ उनलाई ४८.९ हजारले पछ्याउँछन् । 

 

आवश्यक स्रोत तथा पूर्वाधार बिना यौनजन्य भिडियो प्रसारण गर्न बन्द गराउनु अल्पदृष्टि तथा गतिलो निर्णय नभएको विज्ञहरूले बताउँछन् । 

 

२२ वर्षीया अन्तरलिंगी महिला रुक्सना कपालीले भन्नुभयो, “व्यक्तिहरूको यौनिकता तथा आनन्दको बारेमा हुने छलफलहरू नेपालमा दबाइएको छ । हाम्रो जस्तो समाजमा यौन, यौनिकता तथा यौनिक अभिव्यक्तिको बारेमा उपयुक्त सामग्रीहरूको स्रोत नभइकन,वयस्कहरूले हेर्ने सामग्रीमा पूरै प्रतिबन्ध लगाउनु सबभन्दा उपयुक्त कदम होइन ।

 

यौनजन्य भिडियोहरूलाई प्रतिबन्ध लगाउने कदमको असफलता तथा यौन हिंसा रोक्न त्यसको अपर्याप्ताको बारेमा तीनओटा मुख्य कारणहरू पहिल्याएका छन् । पहिलो, यौनको बारेमा हुने छलफलहरूको बारेमा लाञ्छना लगाउने तथा दबाउने । दोस्रो, यौनिकता सम्बन्धी बृह्त शिक्षा तथा तेस्रो, नेपालको विद्यमान बलात्कार संस्कृति । 

 

मानिसहरू उत्सुक यौनिक प्राणीहरू भएकाले उनीहरूले यौनिक आनन्द पाउने विभिन्न तरिकाहरू खोज्नु स्वाभाविक हो । तर नेपाली समाजले यौनलाई सानो स्वरमा चर्चा गरिने वा नाक खुम्च्याउने विषय मानेकोले यसका बारेमा प्राय: कतै पनि कुनै किसिमका कुराकानी हुन्नन् । 

 

कुँवरले भन्नुभयो, “हामी हुर्कंदै गरेको समयमा न त अभिभावकले न त शिक्षकहरूले नै यौनको बारेमा हामीलाई सिकाए । यस विषयको बारेमा कुरा गर्दा असहजता महसुुस हुन्छ । अभिभावकहरू यस विषयमा हुने छलफलबाट टाढा हुन खोज्छन्  र हाम्रा पाठ्यक्रममा भएका अलिकति चर्चा गरिएको यस विषयलाई शिक्षकहरूले पनि छोड्छन् । बृह्त् यौनिकता सम्बन्धी शिक्षामा हुनुपर्ने यौन, सहमति, शारीरिक स्वायत्तता, आनन्द, परिवार नियोजनका साधनका बारेमा पर्याप्त मात्रामा नसिकाउँदा हामीले वयस्क युवाहरूलाई उनीहरूलाई उनीहरूको शरीरको बारेमा जानकारी दिन सकेका छैनौँ । त्यसैले उनीहरूले यौन उत्तेजनाको निकासका लागि यौनजन्य भिडियोहरूको सहारा लिन्छन् ।

 

यौनको बारेमा हुनुपर्ने छलफलहरूलाई दबाउँदा किशोर किशोरीहरूले आफ्नै शरीर तथा त्यसको सञ्चालनको बारेमा ज्ञान पाउँदैनन् । @feminist_futures_nepal नामको ह्यान्डलबाट इन्स्टाग्राम चलाउने कुँवरले भन्नुभयो, “हाम्रो शिक्षा प्रणालीमा यौनिकता सम्बन्धी बृहत् शिक्षाको अभावमा संस्थागत हिंसाको परिणाम आइरहेको छ । हाम्रो यौनिकता, आनन्द तथा सहमतिको  बारेमा जानकारीहरूलाई सीमित गर्दा उपयुक्त उमेरमा आफ्नो शरीरको बारेमा सिक्ने अधिकारलाई हामीले कम आँकेका छौँ । ” 

 

क्वेर अधिकारको क्षेत्रमा काम गर्ने अभियन्ताहरू पाठ्यक्रमको बारेमा झन् चिन्तित छन् । मानव अधिकार अभियन्ता कपालीले सोध्नुहुन्छ, “यौनिकता सम्बन्धी बृहत् शिक्षा फरक फरक लिंगीबिच हुने यौन सम्पर्कको दृष्टिकोणबाट हेरिएको छ र यसले क्वेर व्यक्तिहरूको बारेमा चर्चा समेत गर्दैन । एउटा महिलाले अर्को महिलासँग र एउटा पुरुषले अर्को पुरुषसँग कसरी यौन सम्पर्क गर्न सक्छन् भन्ने बारेमा कुरा गरेको छैन । त्यसो हुँदा क्वेर व्यक्तिहरूले कसरी आफ्नो शरीर, आफ्ना यौन चाहना तथा यौनिक आवश्यकताको बारेमा थाहा पाउँछन् ? ”

 

समावेशी तथा पहुँचयुक्त यौनिकता सम्बन्धी बृहत् शिक्षाको अभावमा मानिसहरूले यौनजन्य भिडियोहरू यौन आनन्दको लागि मात्र होइन तर यौनको बारेमा जानकारी पाउन पनि हेर्छन् । यस्ता आवश्यक विषयहरूमा जानकारीको स्रोत नै यौनजन्य भिडियोहरू भएपछि त्यो हेर्ने व्यक्तिहरूले महिलाहरूलाई वस्तुकरण गर्छन् र उनीहरूलाई तल्लो स्तरको रूपमा व्यवहार गर्न खोज्छन् । त्यसैले यसले बलात्कारको संस्कृतिलाई हुर्काउँछ र यौनिक हिंसाका लागि आधार तयार पार्छ । 

 

यौनजन्य भिडियोहरूले महिलाहरूलाई यौनिक वस्तुको रूपमा व्यवहार गर्छन् न कि यौनमा सहभागी हुने व्यक्ति । यौन सम्पर्क महिलालाई गरिन्छ न कि उनीहरूसँग गर्ने भन्ने भाव आएपछि यसले उनीहरूलाई यौनिक चाहनाका वस्तुको रूपमा लिन्छ । कोइराला भन्छिन्, “यसले धेरै किसिमका लैंगक नियमहरूलाई झन् सबलीकरण गर्छ र सहमति तथा परिवार नियोजनका साधनहरुको प्रयोगको बारेमा दृश्यहरू देखाउन्नन् । यौनको बारेमा जानकारीको एउटै मात्र स्रोत यौनजन्य भिडियोहरू हुँदा त्यसले यौन तथा सहमतिको बारेमा नकारात्मक धारणा बनाउन मद्दत गर्नुका साथै हिंसालाई प्रवर्द्धन गर्छ ।

 

यौन हिंसा तथा यौनजन्य भिडियोहरूको प्रत्यक्ष सम्बन्ध नदेखिए पनि कोइराला भन्नुहुन्छ, “यौनजन्य भिडियोहरूले महिलाराई वस्तुकरण गर्ने तथा यौन सम्पर्कलाई एउटा खरिद गर्ने बस्तुको रूपमा प्रस्तुत गर्ने भएकाले त्यस्ता भिडियोहरू बलात्कार संस्कृतिको भाग हुन् । तर पनि त्यस्ता भिडियोहरूलाई प्रतिबन्ध लगाउनु यौन हिंसालाई नियन्त्रण गर्न समाधान होइन । त्यसका लागि हामीले पित्तृसत्तात्मक समाजहरुमा गहिरो गरी रहेको बलात्कार संस्कृतिलाई सम्बोधन गर्नुपर्छ ।

 

यौनिक हिंसालाई सामान्यीकरण गर्ने तथा पीडितलाई उनीहरूको पीडाको लागि दोष देखाउने आर्थिक सामाजिक वातावरण नै बलात्कार संस्कृति हो । विज्ञहरूका अनुसार जबकेटाहरूको स्वभावै त्यस्तै होभनेर उनीहरूको शिकारी बेहोरालाई सामान्यीकरण गरिन्छ वा महिलाको योनिमा परिवारको इज्जत जोडिन्छ त्यसले महिलाहरू हिंसाको मार बढी खेप्नुपर्ने हुन्छ र पीडकहरूलाई उनीहरूको बेहोराको लागि जिम्मेवार बनाइन्न । 

 

ओरेककी महिला विरुद्धको हिंसाका अभियान प्रमुख रहेकी अर्यालले एउटा घटना साझा गर्दै भन्नुभयो, “एउटा घटनामा हजूरबुबाले नातिनीलाई बलात्कार गर्नुभयो । बाबुले आमा र छोरीलाई दोषी देखाए । उनले आफ्नै छोरीलाई उनको हजूरबुबालाई हाउभाउले आकर्षित गरेको भनी आरोपित गरे र आफ्नी श्रीमतीलाई छोरीको राम्रो हेरचाह नगरेकोमा गाली गरे ।

 

अर्यालका अनुसार नेपालमा बलात्कार संस्कृतिले जरा गाडेर बसेको छ भन्दै अगाडि थप्नुभयो, “जब हरेक पल्ट हामीले केटाहरू हर्मोनको प्रभावमा परे वा पुरुषहरू महिलातिर लठ्ठिएर लागे वा उनीहरूलाई महिलाले आकर्षित गरे भनी उनीहरुको यौन हिंसालाई स्वाभाविकै ठान्छौँ त्यसले हामीले बलात्कार संस्कृतिलाई मलजल गरिरहेका हुन्छौँ ।

 

सबभन्दा बढी त बलात्कार संस्कृतिको अभिव्यक्ति पीडितलाई दोष देखाउनेमा हुन्छ ।यदि कुनै महिलाको सहमति तथा उसको शरीरमा उल्लङ्‌घन भएको छ भने हामी उनैलाई दोष दिन्छौँ । उनले किन त्यस्तो लुगा लगाएको ? उनी राति किन बाहिर गएकी थिइन् ? उनी उत्तेजित थिइन् र उत्ताउली थिइन्”, अर्यालले भन्नुभयो । 

 

महिला विरुद्ध हुने यौन हिंसाको अर्को कारण भनेको उनीहरूको शरीरी तथा त्यसको शुद्धतालाई परिवारको इज्जतको रूपमा लिइन्छ । महिला शुद्ध भइञ्जेलसम्म उनको परिवारको इज्जत कायम रहेको मानिन्छ । 

 

कोइरालाले प्रस्ट्याउँदै भन्नुभयो, “जब महिलालाई त्यो भारी बोकाइन्छ उनी हिंसाको शिकार बन्ने जोखिममा हुन्छिन् । त्यो कुराको उदाहरणको रूपमा घरेलु झगडाको बदला लिन भागिरथी भट्टको बलात्कार तथा हत्याको घटनालाई लिन सकिन्छ ।

 

वास्तवमा आफ्नो शरीरको स्वायत्ततामा उल्लङ्‌घन गरिएका कुराहरू बारे आफ्ना परिवार, साथी वा संस्थाहरूसँग छलफल गर्नुपर्छ भन्नेमा महिलाहरू नै जानकार नभएको अवस्था छ । अर्यालले साझा गर्नुभयो, “महिलाहरूलाई यी कुराहरूबारे छलफल गर्नुपर्छ भन्ने जानकारी छैन । र त्यसको सम्भावित कारणमा उनीहरूले आफूले साझा गर्नका लागि सुरक्षित ठाउँ नभेटेकोले पनि हुन सक्छ ।

 

त्यसैले विज्ञहरूका अनुसार बलात्कार संस्कृतिलाई भत्काउन सचेतना, शिक्षा तथा समावेशी तथा पहुँचयुक्त यौनिकता सम्बन्धी बृहत् शिक्षाको सुरुवातमा जोड दिनुपर्छ । यौनजन्य भिडियो सामग्रीले बलात्कार संस्कृतिलारुई बढावा दिन्छ भन्नेमा सहमत हुँदै गर्दा पनि सरकारले उक्त समस्यालाई सम्बोधन गर्न त्यसको सानो अंशलाई मात्रै छोएकोमा सरकारलाई जिम्मेवार बनाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । 

 

नेपाली समाजमा बलात्कार संस्कृति धेरै फैलिएको छ र त्यस संस्कृतिलाई झन् खराब बनाउन यौनका बारेमा गरिने कुराकानीलाई दबाउने तथा यौनिकता सम्बन्धी बृहत् शिक्षा नभएको अवस्थाले योगदान गरेका छन् । यौन हिंसाको सामना गर्न बलात्कार संस्कृतिका गम्भीर विषयहरूलाई सम्बोधन नगरीकन यौनजन्य भिडियोलाई प्रतिबन्ध लगाएर मात्रै पुग्दैन । 

 

र आजको डिजिटल संसारमा ती सबै बेवसाइटहरूलाई प्रतिबन्ध लगाउन सकिन्न । 

 

२१,००० यौनजन्य भिडियो भएका वेबसाइटहरू हेर्न नमिल्ने बनाए पनि भर्चुअल निजी सञ्जालको प्रयोग गरिकन वा नगरिकन त्यस्ता सामग्रीहरू नागरिकहरूले सजिलै हेर्न सक्छन् ।

 

अर्यालले भन्नुभयो, “घरको कुरा घरमै राख भन्ने अवधारणाले महिलाहरूलाई सहयोग पाउन गाह्रो भएको छ । यौन हिंसाका लागि आधार बनाउने हाम्रो संस्कृतिका यी पक्षहरुको सम्बोधन गर्नु एकदमै महत्त्वपूर्ण रहेको छ । यौनजन्य भिडियोहरूलाई प्रतिबन्ध लगाउनुले त्यसतो धेरै हासिल गर्न सक्दैन । ” 




१०.

 

कथा ७: नेपालमा एचपीभी खोपहरू 

 

पाठेघरको मुखमा हुने क्यान्सर नेपाली महिलाहरूलाई हुने क्यान्सरमध्ये सबैभन्दा बढी हुने क्यान्सर हो । 

 

पाठेघरको मुखमा, पाठेघरको तल्लो भागलाई योनिसँग जोड्ने अंग, हुने क्यान्सर त्यसका कोषहरुमा हुने एक किसिमको क्यान्सर हो । धेरै किसिमका पाठेघरको मुखमा हुने क्यान्सरका कारण ह्युमन प्यापिल्लोमा भाइरस (एचपीभी) का विभिन्न प्रजातिले गराउने यौनरोग हुन् । 

 

एचपीभी खोषहरूले पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गर्छन् । यो प्रकारको क्यान्सर हुन नदिने विधिहरू हुँदाहुँदै पनि राष्ट्रिय खोप अभियान नभएकाले धेरै महिलाहरूले यस रोगको कारणले आफ्नो जीवन गुमाउनु परिरहेको छ । 

 

सन् २०१८ मा नेपालमा यूएनएफपीएले गरेको एक अध्ययन अनुसार महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै क्यान्सर भनेको पाठेघरको मुखमा हुने क्यान्सर हो । २,९४२ नयाँ बिरामीहरूको निदान भएको थियो जुन प्रति एक लाख महिलामा २१.५ मा यो क्यान्सर हुने दर थियो भने १,९२८ मृत्यु भएको थियो जुन प्रति एक लाखमा १४.३ प्रतिलाख थियो । कुनै हस्तक्षेप बिना सन् २०७० सम्ममा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट १,७०,६०० महिलाहरूको मृत्यु हुन्छ भने सन् २१२० सम्ममा ३,१८,८५५ महिलाहरूको मृत्यू हुने आँकलन गरिएको छ । 

 

प्रारम्भिक चरणमा हुने क्यान्सरमा कुनै पनि किसिमका लक्षणहरू देखिन्नन् । अलि बढी विकसित भएको चरणका पाठेघरको मुखका क्यान्सरका लक्षणहरूमा यौन सम्पर्क गरेपछि, दुई महिनाबारीको बिचमा, रजनोवृत्तिपछि योनिबाट रगत आउने, योनिबाट पानीजस्तो, रगत बाहिर आउने जुन भारी खालको हुन्छ र जसको नराम्रो गन्ध हुन्छ र/वा कम्मरमा दुखाइ हुने वा यौन सम्पर्क गर्दा दुख्ने आदि हुन्छन् । 

 

एचपीभी खोपहरू नौँ वर्षदेखि १४ वर्षसम्म खोप लगाउन सुरु गर्नेलाई सुरुमा लगाएको छदेखि १२ महिनामा गरी दुई मात्रामा लगाइन्छ । १५ वर्षदेखि ४५ वर्षसम्म खोप लगाउन सुरू गर्नलाई सुरुमा लगाएको मात्रापछि एकदेखि दुई महिनामा दोस्रो मात्रा लगाई तेस्रो मात्रा छ महिनापछि लगाइन्छ । रोग प्रतिरोधी क्षमता कमजोर भएकालाई पनि तीन मात्रामा खोप लगाइन्छ । 

 

यी खोपहरू सुरक्षित भए पनि कसैलाई खोप लगाएपछि दुखाइ, रातोपन, सुन्निने, रिंगटा लाग्ने, बेहोस हुने, टाउको दुख्ने जस्ता अतिरिक्त लक्षणहरू देखिन सक्छन् । तर यी अतिरिक्त लक्षणहरू ज्यानै लिने खालका नहुने भएकाले यिनीहरूको बारेमा खासै धेरै चिन्ता लिनुपर्दैन । 


स्रोतहरू: नेपालमा एचपीभी खोपहरू लगाउने नेपालमा एचपीभी खोपको अभियान 

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र