,
बृहत यौनिकता शिक्षा पाठ्यक्रममा आधारित शिक्षण सिकाइको एउटा प्रक्रिया हो। यसमा हामी यौनिकताको संज्ञानात्मक (cognitive), संवेगात्मक (emotional), शारीरिक र सामाजिक पक्षहरूबारे सिक्छौँ। यसले बालबालिका र युवालाई ज्ञान, सीप, मनोवृत्ति र मूल्यहरू प्रदान गरी स्वास्थ्य, कल्याण (well-being) र मर्यादा प्राप्त गर्ने; सम्मानजनक सामाजिक तथा यौनिक सम्बन्धहरू विकास गर्ने; आफ्ना छनोटले आफ्नै कल्याण र अरूको कल्याणमा कसरी असर गर्दछ भन्नेबारे सोचविचार गर्ने; र आफ्ना अधिकारहरूबारे राम्रोसँग बुझी जीवनभर ती अधिकारहरूको रक्षा सुनिश्चित गर्ने कुरामा सशक्त बनाउँछ।