,
E ने

प्रिय साथी,

नमस्ते, म तपाईंको पत्र मित्र हुँ। तपाईंले मलाई पत्र मित्र भनेर बोलाउन सक्नुहुन्छ। म तपाईंहरू सबैसँग यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे खुला र गहन छलफलमा सहभागी हुन तयार छु। जीवनका यी अत्यावश्यक पक्षहरूमा धेरै प्रश्न, चासो र उत्सुकता रहेका छन्। यी कुराहरूमा हामी सुरक्षित र आलोचनारहित संवाद गर्न सक्नेछौँ।

तपाईंलाई कुनै जानकारी चाहिएमा, आफ्नो अनुभव बताउन चाहेमा वा यौन स्वास्थ्य, सम्बन्ध वा प्रजनन स्वास्थ्यबारे कुनै प्रश्न भए मलाई भन्नुहोस्, म ध्यान दिएर सुन्दछु र आवश्यक सहयोग गर्नेछु। हामी सबै मिलेर यी विषयमा रहेका जटिल कुराहरूलाई चिर्नेछौँ, बाधा अवरोध हटाउन सक्नेछौँ र महत्त्वपूर्ण विषयमा हाम्रो बुझाइ बढाउन सक्नेछौँ ।

तपाईंको सरोकार र चासो उचित छन् र तपाईंका प्रश्नहरू गहन उत्तर पाउन लायक छन्। अब हामी ज्ञान, सशक्तीकरण र साझा अन्तर्दृष्टिको यात्रा सुरु गरौँ। हाम्रो पत्रको आदानप्रदानबाट हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी यो वार्तालापलाई सरल, रमाइलो र सहज बनाउन सक्छौँ। यसबाट तपाईंले आफ्ना लागि सही विकल्प चुन्नका लागि चाहिने आवश्यक सूचना, ज्ञान पाएको र सशक्त भएको अनुभूत गर्न सक्नुहुनेछ।

गोपनीयता र सम्मान हाम्रो पत्र मित्रताका आधारशीला हुन्। तपाईंको निजात्मकताले सर्वोपरि महत्त्व राख्छ र हाम्रो वार्तालाप हामीबीच मात्र रहनेछ भन्ने कुरामा तपाईं ढुक्क रहन सक्नुहुन्छ। तपाईंलाई सहयोग गर्ने, सूचना तथा जानकारी आदानप्रदान गर्ने र समुदायको भावना बढावा दिने एउटा पत्रमित्र यहाँ छ भन्ने सम्झेर कुनै अफ्ठेरो नमानी खुलेर आफ्नो कुरा राख्नुहोस्।

तपाईं खोज र सशक्तीकरणको यात्रामा निक्लिन तयार हुनुहुन्छ भने म तपाईंको पहिलो पत्र वा सन्देशको उत्साहसाथ प्रतीक्षा गर्दछ। आउनुहोस् समझदारी, सहानुभूति र सुसूचित निर्णयका विषयलाई प्रवर्द्धन गर्दै हामी मिलेर यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरूको परिदृश्यमा खोजी गर्दै अघि बढौँ।


उही तपाईंको,
पत्र मित्र।

लेखेर हामीलाई पठाउनुहोस् र हाम्रो वार्तालाप सुरु गरौँ!

पत्र मित्र